भाद्र १ गतेबाट प्रदर्शनमा आउन लागेको यौन मनोविज्ञानमा आधारित फिल्म ‘मिस्टर भर्जिन’ ले मोफसल टुर सकेको छ । फिल्मको बारेमा जानकारी गराउने तथा दर्शकसँग प्रत्यक्ष भेटघाट गर्ने उद्देश्यले टुरको आयोजना गरिएको थियो ।
(1).jpg)
पोखराबाट सुरु भएको मोफसल टुर बुटवल, चितवन, हेटौंडा, धरान, बिर्तामोड, दमक हुँदै काठमाडौं आइपुगेको छ । यस्तै, काठमाडौंका लगनखेल, नयाँ बसपार्कलगायतका क्षेत्रमा मंगलबार सांगीतिक कार्यक्रम हुने निर्माण टिमले जनाएको छ ।
टुरमा कलाकार गौरव पहारी, कमलमणि नेपाल, मरिश्का पोख्रेल, रविन्द्र झासहित अन्य गायक गायिका पनि सहभागी थिए । मोफसलका प्रमुख स्टेशनहरुमा आयोजना गरिएको कन्सर्टमा दर्शकको उपस्थिति उत्साहजनक रहेको निर्देशक विशादर बस्नेत बताउँछन् ।
उनी भन्छन्, ‘हामीले जहाँ कार्यक्रम गर्यौं त्यहाँ दर्शकको भीड थामिसक्नु छैन । अधिकांश दर्शकले फिल्म हेर्न आतुर रहेको बताउनुभएको छ । हामी दर्शकको साथ र मायाबाट थप उत्साहित भएका छौं ।’
(1).jpg)
वल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीको ब्यानरमा निर्माण भएको ‘मिस्टर भर्जिन’ मा गौरव पहारी, विजय बराल, कमलमणी नेपाल, मरिश्का पोखरेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।
‘मिस्टर भर्जिन’ मा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायाङ्कन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी ,सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको संगीत र मिलन डी. काप्रीले सम्पादन रहेको छ ।
.jpg)
यस फिल्ममा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह-निर्माताको रुपमा सन्दिप उप्रेती रहेका छन् ।

