Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘द ब्रेकअप’ को इन्डक्ल्याप, रोहित र सलोनको प्रश्नले हेमराज हैरान

फिल्मीखबर, काठमाण्डौ, 2018/08/14
 
'जेरी', 'गाजलु' लगायतका फिल्म निर्देशन गरिसकेका हेमराज विसी निर्देशित नयाँ फिल्म ‘द ब्रेकअप’ को इन्डक्ल्याप भएको छ । सोमवार राजधानीमा निर्माण टिमले इन्डक्ल्याप पार्टीको आयोजना गर्‍यो । 
 
अष्ट्रेलिया र नेपालमा खिचिएको यो फिल्ममा ‘ग्याङस्टार ब्लूज’ फेम्ड अभिनेता आशिरमान देशराज जोशी लिड रोलमा छन् । उनको अपोजिटमा शिल्पा मास्के र इच्छा कार्की देखिएका छन् । 
 
 
सरोज खनालको पनि अभिनय रहेको यसको प्रदर्शन मिति पौष २७ गतेलाई तय गरिएको छ । यसअघि यो फिल्मको रिलिज डेट भदौ १५ गतेलाई तोकिएको थियो । निर्देशक हेमराजले ‘द ब्रेकअप’ आफूले बनाएका फिल्मभन्दा फरक स्वादको रहेको बताए । 
 
अभिनेता आशिरमानले दोस्रो पटक निर्देशक हेमराजको एक्सन कटमा काम गरेका हुन् । 'मैले फेमिली महशुस गरेँ । मन सफा भएको मान्छेहरुसँग काम गर्न पाउँदा एकदम रमाइलो हुँदो रहेछ', उनले भने । 
 
 
अभिनेत्री द्वय शिल्पा र इच्छाले आशिरकै कुरा फोटोकपी गरे । इच्छाको यो फिल्म डेब्यु हो । अभिनेता सरोज खनालले भने ‘द ब्रेकअप’ गर्नुको प्रमुख कारण खोले । उनले करिब २६ वर्षपछि 'ज्वाला' मा समावेश ‘आज हाम्रो भेट भाको दिन’ बोलको गीतमा ठुम्का लगाएका छन् । 
 
यो गीत फिल्म ‘द ब्रेकअप’ मा राखिएको छ र उनीमाथि नै फिल्मांकन गरिएको छ । २६ वर्षपछि आफ्नै हिट गीतमा नाच्दा कस्तो अनुभव भयो ? पत्रकारको प्रश्नमा सरोजले भने, 'पहिलो कुरा त जवान फिल गरेँ । पहिला कृष्टि मैनालीसँग नाचेको थिएँ, यसपटक ५०/५५ जना युवतीहरुसँग नाचेको छु । यो गीतको लोभले पनि ‘द ब्रेकअप’ गरेको हुँ ।' 
 
किन भयो रोहित अधिकारीसँग ब्रेकअप ? 
 
निर्माता रोहित अधिकारीले हेमराज विसीलाई निर्देशक लिएर फिल्म 'गाजलु' बनाए । फिल्म हिट भयो । दुईबीच पुनः सहकार्य भयो । ‘द ब्रेकअप’ मा रोहितले महंगो पारिश्रमिकमा हेमराजलाई निर्देशकमा अनुबन्ध गरे । फिल्मको घोषणा भयो र फ्लोरमा पनि गयो । 
 
अष्ट्रेलिया उड्नु अगाडिसम्म यी दुईबीच कुनै मनमुटावको खबर बाहिर आएको थिएन । तर  नेपाल फिरेसँगै रोहित र हेमराजको ब्रेकअप भयो । निर्माता अधिकारीले आफ्नो आधिकारिक फेसबुकमा एक स्टाटस लेख्दै आफू र आफ्नो ब्यानर ‘द ब्रेकअप’ बाट अलग भएको जानकारी गराएका थिए । 
 
 
फिल्मको बजेट बढ्दा निर्माता अधिकारी र निर्देशकबीच विवाद उत्पन्न भएको खबर छ । फिल्मको इन्डक्ल्याप पार्टीमा निर्देशक विसीलाई रोहितसँगको ब्रेकअप हुनुको कारण सोधियो ? उनले ब्रेकअप हुनुको मुल कारण भने खुलाउन चाहेनन् । 
 
उनी भन्छन्, 'रोहित जीले स्वइच्छाले र आपसी समझदारीबाटै प्रोजेक्ट छाड्नुभएको हो । केही कारण छन् जसले गर्दा उहाँले फिल्म छाड्नुभएको हो । के कारण थियो त्यो चाहिँ म बताउन चाहन्नँ ।' बजेट बढेपछि विवाद उत्पन्न भएको कुरामा सत्यता नभएको उनको भनाई छ । 
 
सलोनले किन बीचमै फिल्म छाडे ? 
 
घोषणाको बेला फिल्ममा अभिनेता सलोन बस्नेत पनि प्रमुख भूमिका रहने बताइएको थियो । पोखरामा उनको १७/१८ सिन पनि खिचिएको थियो । तर फिल्म 'बाबु कान्छा' रिलिजताका उनले फिल्म ‘द ब्रेकअप’ छाडेको खबर बाहिरियो । 
 
सलोनले फिल्म 'यात्रा' को छायांकन नभ्याइएका कारण उक्त फिल्म छाडेको बताएका थिए । आफ्नो भागको केही सिन चैट भएपछि उनले फिल्मबाट हात झिकेको खबर प्राप्त छ । फिल्मको इन्डक्ल्याप पार्टीमा निर्देशक विसीले यस विषयमा पनि जवाफ दिए । 
 
 
उनले व्यस्त सेड्युलका कारण सलोन आपसी समझदारीबाटै फिल्मबाट बाहिरिएको बताए । उनले भने, 'म यो कुरा सलोनसँग फेस टू फेस गरेरै भन्न तयार छु । अष्ट्रेलिया जानका लागि उसको भिषा र टिकट समेत कन्फर्म भइसकेको थियो । अन्तिम समयसम्म पनि उसको टाइम मिलाउन प्रयास गरिरहेका थियौं तर सम्भव भएन ।'
 
अहिले उनको ठाउँमा अष्ट्रेलियाका एक कलाकारले अभिनय गरेका छन् । निर्देशक हेमराज विसीका अनुसार, सलोनले गरेको पोखराको पार्ट रिसुट गर्न बाँकी छ । भिषामा समय लागेको र अष्ट्रेलिया जाने बखत नयाँ फिल्मको छायांकन चलिरहेका कारण सलोनले ‘द ब्रेकअप’ छाडेको निर्देशकले प्रष्ट्याए । 
Most Visited News (monthly)