Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भावुक बनाउने अनुष्का र वरुणको ‘सुई धागा’ ट्रेलर

एजेन्सी, मुम्बई, 2018/08/13
अनुष्का शर्मा र वरुण धवन स्टारर फिल्म ‘सुई धागा : मेड इन इन्डिया’ को ट्रेलर लञ्च भएको छ । फिल्मको प्लट कहिँ न कहिँ महात्मा गान्धीको 'मेड इन इन्डिया' विचारबाट प्रेरित देखिन्छ । 
 
 
ट्रेलरमा फिल्मको कहानीलाई निकै सुन्दर तरिकाबाट बयान गरिएको छ । मौजी बनेका वरुण र ममता बनेकी अनुष्काको जिन्दगीको कहानी र उनीहरुको स्ट्रगसलाई देखाइएको छ । 
 
यस फिल्मका लागि वरुण र अनुष्का दुवैले सिलाई-बुनाईको तालिम लिएका थिए । ग्रामीण पृष्ठभूमिसँग जोडिएको फिल्ममा अनु मल‍िकको सोलो संगीत छ । यस फिल्मको बढी जसो छायांकन मध्य प्रदेशमा भएको हो । 
 
मनीष शर्मा निर्मित फिल्मको रिलिज डेट गान्धी जयन्तीको दिन राखिएको छ । फिल्म २८ सेप्टेम्बरमा रिलिज हुँदैछ । यशराज फिल्म्सको 'सुई धागा : मेड इन इन्डिया' मा वरुण-अनुष्का पहिलो पटक सँगै देखिएका हुन् । 
 
उक्त फिल्मको निर्देशन शरत कटार‍ियाले गरेका हुन् । फिल्ममा वरुण र अनुष्का पति-पत्नी बनेका छन् । शरतले यसभन्दा अगाडि 'दम लगाके हइसा' जस्ता सुपरहिट फिल्म बनाइसकेका छन् । 
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)