Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

६० करोड माग्दा ऋतिकले गुमाएका थिए ‘ठग्स अफ हिन्दुस्तान’

एजेन्सी, मुम्बई, 2018/08/13
यो बर्षको बहुप्रतिक्षित फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ मा निर्माताको पहिलो रोजाई आमिर खान थिएनन् । निर्माता ऋतिक रोशनलाई लिड रोलमा अमिताभ बच्चनसँग लिन चाहन्थे । तर पारिश्रमिकको चर्काचर्कीले कुरा बन्न सकेन । 
 
खबरअनुसार, ऋतिकले निर्माणसँग फिल्ममा काम गर्नका लागि ६० करोड मागेका थिए, जसमा निर्माता पछाडि हटे । उनलाई यति पारिश्रमिक दिएर निर्माताले बक्सअफिसमा जुँवा खेल्न चाहेनन् । 
 
 
निर्देशक विजय कृष्ण आचार्यको यो फिल्म भारतकै सबैभन्दा महंगो फिल्मको लिस्टमा सामेल छ । आमिर-अमिताभसँगै यसमा कैटरीना कैफ र फातिमा सना शेखको प्रमुख भूमिका छ । 
 
यो फिल्म अमिताभ बच्चनले पनि छाडेका थिए । तर आमिर फाइनल भएसँगै उनले हरियो झन्डा देखाएका थिए । यो फिल्म २०१८ को दिपावलीमा रिलिज हुँदैछ ।  यो एक पीरियड ड्रामा फिल्म हो । फिल्मको कहानी फातिमाको वरिपरि घुम्छ । 
 
उक्त फिल्मका लागि आमिर खानले आफ्नो लुक्समा निकै मिहिनेत गरेका छन् । फिल्म ‘पाइरेट्स अफ क्यारेबियन’ मा आधारित हो भनिएको छ । यो फिल्ममा एक ठग आफ्नो पूरा ग्याङ्गसँग अंग्रेज सरकारसँग आमनेसामने भएको देख्न सकिनेछ । 
Most Visited News (monthly)