Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘गोपी’ बाट बाहिरिएपछि बर्षाले भनिन्, ‘साइन गर्दा एउटा चरित्र, पछि अर्कै’

फिल्मीखबर, काठमाण्डौ, 2018/08/13
आइतवार दिउँसो अभिनेत्री बर्षा सिवाकोटीले भर्सटायल अभिनेता खगेन्द्र लामिछानेको प्रमुख भूमिका रहने फिल्म ‘गोपी’ छाडेको खबर एकाएक मिडियामा छरियो । अनुबन्ध भएको केही दिन पनि नवित्दै उनी फिल्मबाट बाहिरिनु आफैंमा आश्चर्य थियो ।  
 
 
अभिनेत्री सिवाकोटी फिल्मबाट बाहिरिए लगत्तै उनको ठाउँमा अभिनेत्री बर्षा राउत भित्रिएकी छन् । फिल्मीखबरसँगको कुराकानीमा ‘गोपी’ का कार्यकारी निर्माता श्रीधर पौडेलले सुटिङमा प्रयाप्त समय दिन नसक्ने भएपछि आपसी समझदारीमा बर्षाले फिल्म छाडेको बताएका थिए । अन्ततः बर्षा स्वयमले यस विषयमा मुख खोलेकी छन् । 
 
हाल 'जय शम्भु' को प्रचारका लागि उपत्यका बाहिर रहेकी उनले आइतवार साँझ करिब १२ बजे आफ्नो आधिकारिक फेसबुकमा लामो स्टाटस लेख्दै फिल्म ‘गोपी’ छाड्नुको वास्तविकता घुमाउरो शैलीमा पोखिन् । उनले साइन गर्दा एउटा चरित्र र काम सुरु हुने बेला अर्कै चरित्र भएपछि फिल्म छाडेको खुलाएकी छन् । 
 
दीपेन्द्र लामाले निर्देशन गर्न लागेको फिल्म ‘गोपी’ बाट आफू बाहिरिएको विषयमा मिडियामा आएका समाचारप्रति पनि उनले दुखेसो पोखेकी छन् । 'भित्री कुरालाई राम्ररी नबुझी मेरो कामको कुरामा पटक-पटक होच्याउने काम गर्ने केही सम्बन्धित व्यक्ति र मिडिया पर्सनलाई म के भनौं ? मेरो कुरा काटेर तपाईंलाई खुशी मिल्छ र घर चल्छ भने मेरो केही भन्नु छैन',  उनले लेखेकी छन् । 
 
एउटा कलाकारलाई फिल्म सफल वा असफल भन्दा पनि चरित्रलाई न्याय गर्नु सबैभन्दा ठूलो धर्म रहेको उनको भनाई छ । उनी लेख्छिन्, 'कुनै सफल भएर पनि असफल हुन्छन् कुनै असफल भएर पनि सफल हुन्छन् । कामको कुरामा आफूलाई चित्तबुझ्दो र सुहाउँदो छ भने गर्ने कोशिश गर्ने हो ।' उनी अभिनय भाग्यले नभएर मनबाट गर्ने बताउँछिन् । 
 
अभिनेत्री बर्षा सिवाकोटीलाई अनलक्की नायिका भन्ने गरिन्छ । उनले लगातार फिल्म गरिरहे पनि 'नाईं नभन्नू ल २' र' पशुपति प्रसाद' बाहेक अरु कुनै फिल्म हिट छैनन् । तर उनको हातमा फिल्मको कमी भने छैन । हालै 'भैरे' रिलिज भएको थियो अब भाद्र १ गते 'जय शम्भु' हलमा लाग्दैछ । 
Most Visited News (monthly)