Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रेस शोमा ‘कहिँ कतै’ को तारिफ

फिल्मीखबर, काठमाण्डौ, 2018/08/12
शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको फिल्म ‘कहिँ कतै’ का कलाकारसहितको टिमले आइतवार पत्रकारसँग बसेर फिल्म हेरेका छन् । सविर श्रेष्ठको निर्देशन रहेको फिल्ममा डेब्यु कलाकार सिवानी गिरी र सोनम बरफुङ्गपा मुख्य भूमिकामा छन् । 
 
 
लेखन पनि निर्देशक श्रेष्ठकै हो । फिल्मले प्रेम र त्यागको कथा वाचन गरेको छ । अधिकांश पत्रकारले फिल्म हेरिसकेपछि प्रशंसा गर्दै ‘कहिँ कतै’ टिमलाई बधाइ दिएका थिए ।
 
 
शिवानी र सोनमसँगै फिल्मका प्रमुख कलाकारहरु दीलिप रायमाझी, उमा 'बेबी' गिरी, किशोर खतिवडालगायतका कलाकारहरुको कामको प्रेस शोमा तारिफ भएको छ । उमा आफैंले यो फिल्म निर्माण गरेकी हुन् । फिल्ममा नेपाल र सिक्किम बीचको आत्मीयता पनि गाँसिएको छ । 
 
 
शिव ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । द्वन्द्व निर्देशन रोशन श्रेष्ठको रहेको छ । फिल्मका गीतमा सचिन सिंह र लक्की सिटौलाको संगीत रहेको छ । 
 
 
अर्जुन जिसीको सम्पादन रहेको फिल्ममा बाबु श्रेष्ठको छायांकन रहेको छ । ‘कहिँ कतै’ लाई काठमाण्डौ उपत्यकामा रिच इन्टरटेन्मेण्ट र उपत्यका बाहिर एफडि कम्पनीले वितरण गरेको छ । 
Most Visited News (monthly)