Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

खगेन्द्रको ‘गोपी’ बाट बर्षाले बर्षालाई गरिन् रिप्लेस

फिल्मीखबर, काठमाण्डौ, 2018/08/12
अभिनेता खगेन्द्र लामिछानेको प्रमुख भूमिका रहने फिल्म ‘गोपी’ बाट अन्तिम समयमा अभिनेत्री बर्षा सिवाकोटी बाहिरिएकी छन् । उनी केही हप्ता अगाडि मात्र यस फिल्ममा अनुबन्ध भएकी थिइन् । 
 
फिल्ममा सिवाकोटीको ठाउँमा उनकै प्रतिस्पर्धी अभिनेत्री बर्षा राउत भित्रिएकी छन् । उनले ‘गोपी’ साइन गरिसकेकी छन् । उक्त फिल्ममा अभिनेत्री सुरक्षा पन्तको पनि प्रमुख भूमिका रहनेछ । अब खगेन्द्रले फिल्ममा सुरक्षा र बर्षासँँग रोमान्स गर्नेछन् । 
 
छायांकनको तरखरमा रहेको यस फिल्मको अहिले वर्कसप चलिरहेको छ । फिल्मका कार्यकारी निर्माता श्रीधर पौडेलले अभिनेत्री बर्षा सिवाकोटीको व्यस्त सेड्युलका कारण ‘गोपी’ छाडेको बताए । 
 
 
तश्बिर : सिनेपाटी
 
उनले भने, 'सुटिङमा प्रयाप्त समय दिन नभ्याउने भएपछि आपसी समझदारीबाटै उहाँ बाहिरिनु भएको हो ।' अहिले अभिनेत्री सिवाकोटी 'जय शम्भु' को प्रचारका लागि मोफसल दौडाहामा छिन् । 
 
अनलक्की नायिकाको रुपमा हेरिँदै आएको उनलाई ‘गोपी’ छाड्नु गलत निर्णय रहेको धेरैको तर्क छ । आरोही केसी निर्माता, श्रीधर पौडेल कार्यकारी निर्माता रहेको ‘गोपी’ को छायांकन आगामी भदौ १ गते काठमाडौंमा सुरु हुँदैछ । 
 
न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहने फिल्मका गीतहरु विप्लव प्रतीक र बुद्धिसागरले लेखेका छन् । दीपेन्द्र लामाले यो फिल्म निर्देशन गर्दैछन् । उनले फिल्म 'घामपानी' बाट फिचर फिल्म निर्देशनमा डेब्यु गरेका थिए । 
 
चैत १५ गते रिलिज गर्ने तयारी भइरहेको यस फिल्ममा निर्देशक दीपेन्द्रको कथा, सामिप्य तिमल्सिनाको पटकथा, शैलेन्द्र डि कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहनेछ । 
Most Visited News (monthly)