Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘भारत’ मा कैटरीनालाई डबल पारिश्रमिक

फिल्मीखबर, काठमाण्डौ, 2018/08/12
प्रियंका चोपडाले बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘भारत’ छाडेपछि अब अभिनेत्री कैटरीना कैफ भित्रिएकी छन् । अप्रोच गरिएको छोटो समयमा नै उनी फिल्म गर्न राजी भएकी हुन् । 
 
सलमानले यो फिल्ममा पहिला कैटरीनालाई नै लिन थाहन्थे । प्रियंकाले छाडेपछि उनले पारिश्रमिक नै तय नगरि फिल्म गर्न राजी भएकी थिइन् । अब सलमानले डिसाइड गरेका छन् कि उनी कैटरीनालाई पनि त्यति नै पारिश्रमिक दिनेछन् जति प्रियंकालाई दिइएको थियो । 
 
एक रिपोर्टका अनुसार, प्रियंकालाई फिल्मका लागि १२ करोड दिइएको थियो । केही वर्षदेखि कैटरीनाले ५/६ करोडमा फिल्म गर्दै आइरहेकी थिइन् । सलमानले ‘भारत’ मा उनलाई १२ करोड पारिश्रमिक दिने निर्णय गरेका छन् । 
 
 
फिल्म ‘भारत’ बाट सलमान-प्रियंका करीब १ दशकपछि पर्दामा देखिँदै थिए । तर, विदेशी ब्वाईफ्रेण्ड निकसँग विवाह गर्ने तयारीमा रहेका कारण प्रियंकाले फिल्म छाडेको चर्चा छ । उनले यो प्रोजेक्ट छाडेको जानकारी निर्देशक अली अब्बास जफरले ट्वीट गरेर दिएका थिए । 
 
अली अब्बास जफर र सलमान खान पहिला देखि नै साथी हुन् र, यी दुईले यसअघि दुई फिल्ममा काम गरिसकेका छन् । वर्ष २०१६ मा आएको फिल्म 'सुल्तान' र वर्ष २०१७ मा आएको फिल्म 'टाइगर जिन्दा हे' मा सलमान र जफरले सँगै निर्देशक-एक्टरको रुपमा काम गरेका थिए । 
 
यसको अलावा पछिल्लो फिल्म 'टाइगर जिन्दा हे' मा कटरीना कैफ पनि फिल्मको हिस्सा रहेकी थिइन् । अब यी तीन एकपटक फेरि धमाका मच्चाउन र बक्सअफिसमा 'धूम-धमाका' गर्न आउँदो ईदमा आउँदैछन् । रिपोर्ट्सका अनुसार, यो फिल्म २०१९ को ईदमा रिलिज हुनेछ ।  
Most Visited News (monthly)