भाद्र २२ गतेलाई प्रदर्शन मिति तय गरिएको अभिनेता सलोन बस्नेत र अभिनेत्री सारा सिर्पाली स्टारर फिल्म ‘सुश्री सम्पत्ति’ को रिलिज डेट पोस्टपोन्ड भएको छ । यो मितिमा अभिनेत्री पूजा शर्माको ‘रामकहानी’ र अभिनेता प्रदीप खड्काको ‘रोजी’ भिडने भएपछि उक्त फिल्मको रिलिज फेरबदल गरिएको खबर छ ।
अब सलोन र साराको रोमान्स मंसिर २८ गते दर्शकले हेर्न पाउने भएका छन् । रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भएको यो फिल्म प्राविधिक कारणले पूर्वनिर्धारित मितिमा आउन नसकेको बताइएको छ । ‘सुश्री सम्पत्ति’ को ‘हुकुम...’ गीत सार्वजनिक भइसकेको छ ।
निर्देशक आचार्य भन्छन्, 'हामीले भाद्र २२ लाई वितरकसँगको सल्लाह अनुसार नै रिलिज मिति तय गरेका थियौं । तर केही प्राविधिक काम पनि पुरा नभएको र वितरकसँगको आपसी छलफलबाट हामीले नयाँ रिलिज डेट मंसिर २८ लाई तय गरेका छौं ।'
.jpg)
यसमा अभिनेता बिनोद न्यौपानेकोे पनि प्रमुख भूमिका छ । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैंले लेखेका हुन् । फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् ।
फिल्ममा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहेको उक्त फिल्ममा प्रियंका कार्की अतिथि भूमिकामा देखिनेछिन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहेको फिल्मको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ ।

