Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रदीपले गुमाए ‘दाल भात तरकारी’

फिल्मीखबर, काठमाण्डौ, 2018/08/12
लभस्टोरी फिल्ममा बढी रुचाइएका युवा स्टार प्रदीप खड्का अचेल आफू अभिनीत नयाँ फिल्म 'रोजी' को प्रचारमा व्यस्त छन् । केही दिन अगाडि मात्र 'लिलिबिली' को अष्ट्रेलिया प्रदर्शन भ्याएर नेपाल फिरेका उनले 'शत्रु गते' टिमले निर्माण गर्न लागेको नयाँ फिल्म उम्काएका छन् । 
 
किरण केसीले निर्माण गर्ने फिल्म 'दाल भात तरकारी' मा अभिनेता पुष्प खड्का अनुबन्ध भएका छन् । यो फिल्म सबैभन्दा अगाडि प्रदीपलाई अप्रोच गरिएको थियो । उनले फिल्मको वान लाइन स्टोरी पनि सुनेका थिए । तर लगातारको विदेश यात्राका कारण उनले निर्माण टिमसँग छलफल गर्न पाएका थिएनन् । 
 
हाल भाद्र २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'रोजी' को डविङ गरिरहेका उनले फिल्मीखबरसँग कुराकानीको क्रममा 'दाल भात तरकारी' हातबाट गुम्नुको बारे खुलाए । 
 
 
उनले भने, 'म लगातार देश बाहिर रहेँ । इन्ट्रेस्ट भयो भने रेस्पोन्स गर्नेछु भनेको थिएँ । सायद उहाँहरुले गर्दैन भन्ने सोच्नुभयो होला ।' केही हप्ता अगाडि उनले फिल्मीखबरसँगको अनलाइन कुराकानीमा आफूलाई 'दाल भात तरकारी' र धुर्मुस-सुन्तलीले निर्माण गर्न लागेको फिल्म ‘एन्टीभाइरस’ बाट अफर आएको बताएका थिए ।
 
दुई फिल्मध्ये एक गर्ने उनको भनाई थियो । 'शत्रु गते' टिमको फिल्म उम्किएपछि अब प्रदीपले धुर्मुस-सुन्तलीको फिल्म गर्ने चर्चा छ । उनले धुर्मुस-सुन्तलीको फिल्म गर्ने वा नगर्ने भन्ने विषयमा अझै तय नभएको बताए । 
 
'मैले उहाँहरुको वान लाइन स्टोरी मात्र सुनेको हुँ । गर्छु भन्ने कन्फर्म भएको छैन ।  ‘एन्टीभाइरस’ नगर्न पनि सक्छु', उनले भने । अहिलेका महंगा अभिनेतामा पर्ने प्रदीप 'रोजी' पछि नयाँ फिल्म 'लभ स्टेशन' को सुटिङमा व्यस्त हुँदैछन् । 
Most Visited News (monthly)