Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दोस्रो पटक साटे प्रियंका र आयुष्मानले औँठी

फिल्मीखबर, काठमाण्डौ, 2018/08/11
गएको महिना इन्गेजमेन्ट गरेका अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीले फेरि औँठी साटेका छन् । शनिवार काठमाडौंमा रहेको पाँचतारे होटल द्वारिकामा पारिवारिक समारोहका बीच दुवैले दोस्रो पटक एकअर्कालाई औँठी पहिराए । 
 
लामो समयदेखि प्रेममा रहेका यी दुईको विवाहको मिति भने अझै तय भएको छैन । पुनः प्रियंका र आयुष्मानले औँठी साट्दा दुवैले विश्वास गर्ने सिमित चलचित्रकर्मीहरुको मात्र उपस्थिति थियो । 
 
 
रियल लभ कपललाई बधाई दिन दीपकराज गिरी, दीपाश्री निरौला, वर्षा राउत, संजोग कोइराला, स्वस्तिमा खड्का, निश्चल बस्नेतलगायत पुगेका थिए । प्राप्त जानकारी अनुसार, प्रियंका र आयुष्मानको विवाहको डेट अर्को वर्षलाई तय गर्ने तयारी चलिरहेको छ । 
 
दोस्रो पटक औँठी साटासाट गर्दैगर्दा मख्ख देखिएका आयुष्मान र प्रियंकाले एकै रंगको पहिरन लगाएका थिए । प्रियंकाले खरानी रंगको लेहगा लगाएकी थिइन् भने आयुष्मान सुटमा ठाँटिएका थिए । औँठी एकअर्कालाई लगाएपछि दुवैले प्रेमिल गीतमा नृत्य पनि गरे । 
 
फिल्म ‘कथा काठमाण्डू’ सँगै गरेपछि यो जोडी बढी नै नजिकिने मौका पाएको थियो । उमेरले प्रियंकाभन्दा आयुष्मान कान्छा हुन् । ‘चपली हाइट २’ का डेब्यु हिरो आयुष्मान यसअघि सोही फिल्मकी परमिता राज्यलक्ष्मी राणासँग नजिक थिए ।  
Most Visited News (monthly)