Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘राधा २’ बाट प्रियंकाले गरिन् संचितालाई रिप्लेस

फिल्मीखबर, काठमाण्डौ, 2018/08/11
महिलाप्रधान फिल्म ‘राधा’ को दोस्रो सिरिज निर्माण हुने कन्फर्म भएको छ । योगेश घिमिरे निर्देशित यस फिल्मको दोस्रो पार्टका लागि यतिबेला प्रि-प्रोडक्शनको काम भइरहेको छ । ‘राधा २’ नाम तय गरिएको फिल्ममा पुराना कलाकार अटेका छैनन् । 
 
 
यसको पहिलो भागमा अभिनेत्री संचिता उप्रेती र अभिनेता जीवन लुईंटेलको प्रमुख भूमिका थियो । दोस्रो भागमा यी दुई अभिनेता-अभिनेत्री नहुने भएका छन् । संचितालाई अभिनेत्री प्रियंका कार्कीले रिप्लेस गरेकी छन् । 
 
‘राधा २’ मा दुई नायक हुने निर्देशक घिमिरेले बताए । उनका अनुसार, एक नयाँ र एक चल्तीका नायक फिल्मका लागि अनुबन्ध भइसकेका छन् । दुई अभिनेताको नाम भने उनले खुलाउन चाहेनन् । फिल्मको नाम सापटी लिएपनि कथा फरक हुने निर्देशक घिमिरेको भनाई छ । 
 
भाद्र २५ गतेबाट फ्लोरमा जान लागेको फिल्ममा बसन्त सापकोटा, दीपक शर्मा र महाराज थापाको संगीत रहनेछ । प्रदिप भारद्धाजले फिल्मको कथा लेखेका हुन् । संजय न्यौपानेले निर्माण गर्ने ‘राधा २’ महिलाप्रधान हुने बताइएको छ । 
 
किन बाहिरिए संचिता र जीवन ? 
 
२ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘राधा’ मा अभिनेता जीवन लुईंटेल र संचिता उप्रेतीको जोडीलाई दर्शकले औधि रुचाएका थिए । फिल्मले घरेलू बजारमा सुनाउन लायक अंक पनि जोडेको थियो । तर दोस्रो सिरिजमा किन जीवन र संचिता अटेनन् ? 
 
 
फिल्मीखबरसँगको कुराकानीमा निर्देशक योगेश घिमिरेले भने, ‘राधा २’ सिक्वेल होइन । कथा विल्कुलै फरक छ । यसकारण जीवन र संचितालाई लिन सकेनौं । प्रियंका फिल्मका लागि फिट हुने हुँदा उहाँलाई साइन गरेका हौं ।’
 
'भूल भुलैया', 'मेरो माया तिमीलाई', 'नोटबुक' लगायतका फिल्म निर्देशन गरिसकेका घिमिरेले 'राधा २' को रिलिज डेट समेत तय भइसकेको बताएका छन् । उनले आफू सधैं महिलाप्रधान फिल्म बनाउने गरेको भन्दै दोस्रो सिरिजमा पनि त्यो नछुट्ने बताए । 
Most Visited News (monthly)