केही रिपोर्ट्सका अनुसार, बलिउड सुपरस्टार सलमान खानलाई ‘धूम ४’ का लागि अफर गरिएको थियो । गएको वर्ष उनी यो फिल्म गर्न राजी पनि भएका थिए । तरपछि सलमानको केही शर्तका कारण यशराज ब्यानरले उनलाई लिन सकेन ।
हालैको खबरअनुसार, मेकर्स दिपावलीमा 'ठग्स अफ हिन्दोस्तान' को रिलिजसँगै अभिनेता शाहरुख खानसँग यो फिल्मको घोषणा गर्ने तयारीमा छ ।

प्रोडक्शन हाउसलाई मन परेन सलमानको शर्त
खबरअनुसार, सलमान यो फिल्म गर्ने मूडमा थिए तर उनको केही टर्म एन्ड कन्डिशन थियो, जसमा एक यो थियो कि स्टारकास्टमा ठूलो परिवर्तन ल्याउन चाहन्थे ।
प्रोडक्शन हाउस स्टारकास्टमा चेन्ज गर्ने पक्षमा थिएन । यशराज ब्यानर स्टारकास्ट परिवर्तन गर्न सहमत नभएपछि सलमानले ‘धूम ४’ बाट हात झिकेको खबर छ ।
अब प्रोडक्शन हाउस कास्टलाई फाइनल गर्दै ‘धूम ४’ को चाँडै औपचारिक रुपमा घोषणा गर्दैछ । अहिलेसम्म यो कन्फर्म छैन कि शाहरुख फिल्मको हिस्सा हुनेछन् वा छैनन् ।
'जिरो' पछि खाली छन् शाहरुख
शाहरूख अचेल फिल्म 'जिरो' मा व्यस्त छन्, जसमा उनी एक पुट्केको भूमिकामा छन् । यो फिल्म डिसेम्बरमा रिलिज हुँदैछ । ट्रेड एक्सपर्ट्सका अनुसार, यो फिल्मपछि शाहरुखसँग अरु कुनै फिल्म छैन ।
‘स्याल्यूट’ को अहिलेसम्म औपचारिक घोषणा भएको छैन । उनी यो फिल्ममा काम गर्न सक्ने चर्चा छ । यशराजसँग काम गरेको पनि शाहरुखले दुई वर्ष भइसकेको छ । ‘फ्यान’ मा उनको एक्सन गर्ने सपना अधूरै रहेको थियो । अब ‘धूम ४’ मा पूरा हुन सक्नेछ ।

