Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रोजी’ गीतको म्युजिकल्ली गरेर १ लाख जित्नुस् !

फिल्मीखबर, काठमाण्डौ, 2018/08/10
पछिल्लो समय म्युजिकल्ली, बच्चादेखि वृद्धसम्मको प्रिय एप भएको छ । म्युजिकल डट ली एपमा आफू आफैंसँग एक्टिङ गरेर सामाजिक सञ्जालमा पोस्ट गर्ने त ट्रेन्ड नै चलेको छ अचेल । 
 
यसैलाई भाद्र २२ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतिक्षीत फिल्म ‘रोजी’ ले आफ्नो प्रचारको अस्त्र बनाएको छ । हालै यूट्युबमा रिलिज भएको फिल्मको गीत ‘फूल हैन...’ माथि म्युजिकल्ली प्रतिस्पर्धा आयोजना गरिएको छ । 
 
 
यूट्युबमा रुचाइएको उक्त गीतमाथि इच्छुकले म्युजिकल्ली भिडियो बनाउन सक्ने निर्देशक निरक पौडेलले बताए । संयोजक सन्ध्या थापाका अनुसार, प्रतिस्पर्धीले ‘रोजी नेपाली फिचर फिल्म’ नामक अफिसियल फेसबुक पृष्ठको म्यासेज बक्समा भिडियो पठाउन सक्छन् भने वालमा पनि सेयर गर्न सक्नेछन् । 
 
विजयी प्रतिस्पर्धीमध्ये ५० जनालाई आकर्षक गिफ्ट ह्याम्पर, उत्कृष्ट १० लाई कलाकारसँग डिनर डेटले पुरस्कृत गरिने भएको छ । साथै, दोस्रो र तेस्रो हुनेलाई कुनै एक फिल्म इन्स्टिच्युटमा विजेताले रुचाएको विधामा छात्रवृद्धि दिइनेछ । 
 
सर्वोत्कृष्टलाई नगद १ लाखले पुरस्कृत गरिने भएको छ । गोपिकृष्ण मूभिजको युट्युव च्यानलमा समेत भिडियो पोस्ट हुने भएकाले भ्युअर्जका आधारमा उत्कृष्ट तय गरिने संयोजकले थापाले जानकारी दिइन् । 
 
‘फूल हैन...’ मा एलिस कार्कीको संगीत रहेको छ भने प्रविशा अधिकारी र प्रताप दासको स्वर छ । गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टको ब्यानरमा निर्मित क्राइम थ्रीलर फिल्ममा प्रदीप खड्का, मिरुना मगर र परमिता राणा मुख्य भूमिकामा छन् । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)