Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘छिरिङ’ गीत : कामनाका लागि ज्यान दिन तयार निमा (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/08/10
गायक तथा नायक द्वय निमा रुम्बा र यशकुमार स्टारर फिल्म ‘छिरिङ’ को नयाँ गीत रिलिज भएको छ । ‘तिमीले त मायामा...’ बोलको गीतमा यशकुमारकै संगीत, शब्द र स्वर छ । उनलाई विन्दु परियारले साथ दिएकी छन् । 
 
 
गीतमा निमा रुम्बा र डेब्यु अभिनेत्री कामना भुजेल फिचर्ड छन् । 'कागबेनी' रिलिजको दशकभन्दा बढी समयपछि गायक समेत रहेका निमा रुम्बाको कमब्याक भएको हो । 
 
दुई पति भएकी एक युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्वन्द्व फिल्मको कथावस्तु हो । उपल्लो मुस्ताङको सेट खडा गरिएको फिल्मले त्यहाँ चल्तीमा रहेको बहुपतिप्रथाको कथा पेश गर्छ । 
 
यसै फिल्मबाट गायक एवं अभिनेता यशकुमारले निर्देशकको रुपमा समेत डेब्यु गरेका छन् । सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको फिल्मलाई यश र याम थापासँग मिलेर लेखेका हुन् । 
 
मानकृष्ण महर्जनको छायांकन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ । फिल्म आगामी असोज १२ गते देशव्यापी रिलिज हुँदैछ । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)