Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कहिँ कतै’ सहित तीन फिल्म हलमा

फिल्मीखबर, काठमाण्डौ, 2018/08/10
शुक्रबारदेखि तीन नेपाली फिल्म रिलिज भएका छन् । सविर श्रेष्ठ निर्देशित ‘कहिँ कतै’, दिनेश पाख्रिनको ‘टिनएज’ र पुरन थापा निर्देशित ‘पिरिम पर्‍या छन्’ ले हलमा व्यापारिक प्रतिस्पर्धा थालेका हुन् । 
 
डेब्यु कलाकार सोनम बरफुङ्गपा र सिवानी गिरीको प्रमुख भूमिका रहेको ‘कहिँ कतै’ मा दिलीप रायमाझी, किशोर खतिवडा, उमा 'बेबी' गिरीलगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्मले प्रेमकथा पस्किएको छ ।  
 
निर्देशक श्रेष्ठको लेखन समेत रहेको फिल्ममा शिव ढकाल र बाबु श्रेष्ठको छायांकन र अर्जुन जिसीले सम्पादन गरेका छन् । द्वन्द्व निर्देशन रोशन श्रेष्ठको रहेको छ । 
 
 
उमा स्वयमले निर्माण गरेको फिल्मका गीतमा सचिन सिंह र लक्की सिटौलाको संगीत रहेको छ । अर्जुन जिसीको सम्पादन रहेको फिल्ममा बाबु श्रेष्ठको छायांकन रहेको छ ।
 
‘टिनएज’ मा नरेश वीर सिंह, प्रतिक्षा खड्का, एन्जीला खड्गी, कृष्ण सिवाकोटी, सरिता राजभण्डारी, सरोज शाहलगायतका कलाकारको अभिनय रहेको छ । 
 
हेलेन पाख्रिन फिल्मस्को ब्यानरमा हेलेन पाख्रिनको प्रस्तुती ‘टिनएज’ लाई बिरु मगर, बुद्धिमान स्याङतान, चिनीमाया पाख्रिन र देविका खड्गीले संयूक्त रुपमा निर्माण गरेका हुन् । 
 
यस्तै, कमेडी जनराको फिल्म ‘पिरिम पर्‍या छन्’ मा दीलिप रायमाझी, जयकिशन बस्नेत, सुवास मेचे, रमेश बुढाथोकी, शुभेच्छा थापा, राजाराम पौडेल, उमा कार्की, सोभित बस्नेत, लय संग्रौला, चाँदनी कोइरालालगायतका कलाकारले अभिनय छ । 
Most Visited News (monthly)