समय बदलिदैछ, छोरा नहुँदा आफ्ना मातापिताको काजकिरिया कसले गर्ला भन्ने पिर पनि हट्दैछ । आफन्तको मृत्युपछि छोराले नै काजकिरिया गर्नुपर्छ भन्ने नेपाली समाजको मान्यता तोडिदैछ ।
पुरानो मान्यतालाई अभिनेत्री सुस्मिता शाहीले पनि तोडेकी छन् । भारतमा रोजगारीको सिलसिलामा रहेका पिता हरि पन्तको साउन १८ गते गाडी दुर्घटनामा निधन भएपछि उनी आफैं बाबुको किरिया बसेकी छन् ।
.jpg)
आफू एक्ली छोरी भएका कारण हिन्दू परम्परा अनुसार १३ दिन बुबाको किरिया बस्ने सुस्मिताले बताइन् । 'छोरा-छोरी बराबर हुन् । म बुबाको किरिया छोरा सरह नै १३ दिन बस्छु', उनले भनिन् ।
सुस्मिताले 'जञ्जीर', 'पुर्नजन्म' लगायतका फिल्ममा काम गरेकी छन् । पछिल्लो समय उनी फिल्ममा खासै सक्रिय छैनन् ।

