Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘भैरे २’ घोषणा, दयाहाङ्ग अट्लान् ?

फिल्मीखबर, काठमाण्डौ, 2018/08/09
साउन ४ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘भैरे’ को दोस्रो पार्ट बन्ने भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले ‘भैरे २’ निर्माण गर्ने घोषणा गरेको छ । 
 
फिल्मले नेपालबाट लगानी सुरक्षित गरेसँगै दोस्रो सिरिजको तयारी थालेको निर्माता प्रेम प्रसाद पौडेलले बताए । उनले ‘भैरे’ को सफलताको श्रेय दर्शक र मिडियालाई दिँदै भने, 'हामी नेपालबाटै सुरक्षित भएका छौं । अब दोस्रो भाग निर्माणमा लाग्छौं ।' 
 
‘भैरे २’ को निर्देशन एभरेष्ट सूर्य बोहराले नै गर्नेछन् । फिल्ममा केही नयाँ र पुराना कलाकारहरु हुने निर्देशक बोहराले बताए । उनले भने, 'दोस्रो सिरिजमा केही नयाँ कोशिश गर्ने छौं । ‘भैरे’ मा भएका कमी कमजोरीहरु दोस्रो पार्टमा नदोहोर्‍याउन हामी सर्तक रहने छौं ।'
 
कार्यक्रममा फिल्मको नेपाल बक्सअफिस कलेक्सन भने निर्माण पक्षले खुलाउन चाहेन । निर्माता पौडेलले केही दिनमा फिल्मको नेपाल कलेक्सन सार्वजनिक गर्ने प्रतिबद्धता जनाए । उनले फिल्मको विदेशमा राम्रो डिमाण्ड रहेको बताएका छन् । 
 
 
फिल्मको यूरोपमा २५ शो, क्यानाडामा १२ शो, जापानमा ७ शो, कोरियामा ५ शो, यूकेमा ४ शो र यूएसएमा २४ शो हुने पक्का भएको कार्यक्रममा जानकारी दिइयो । यस्तै, ‘भैरे’ को अष्ट्रेलिया राइट्स १२ लाखमा विक्रि भइसकेको निर्माता पौडेलले जानकारी दिए । 
 
दुवई, कतार, बहराइन र वमनका लागि ७ लाखमा विक्रि भएको फिल्मको पोल्याण्ड राइट्स ५ लाख रहेको निर्माताले बताए । यस्तै, सिंगापुर, हङ्गकङ्ग, मलेशिया, वर्मा, थाइल्याण्डमा पनि फिल्म प्रदर्शन हुने बताइएको छ । 
 
एभरेष्ट सूर्य बोहरा निर्देशित ‘भैरे’ मा दयाका अलावा सुरक्षा पन्त, वर्षा सिवाकोटी, बुद्धि तामाङ्ग, विक्रान्त बस्नेत, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरीलगायतका कलाकारहरुको पनि अभिनय छ । 
 
नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’ को सम्पादन बनिष शाहले गरेका हुन् भने छायाँकन पुरुषोत्तम प्रधान हुन् । 
 
यो फिल्मको निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् । करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत फिल्मका सह-निर्मातामा छन् ।
Most Visited News (monthly)