Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रातको कुरा’ विवादपछि ‘कथा काठमाण्डू’ को दोस्रो गीत रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2018/08/09
‘रातको कुरा...’ बोलको गीतमा अभिनेत्री प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरीको इन्टिमेट सिन पश्चात् विवादमा तानिएको फिल्म ‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक भएको छ । 
 
 
'जुन अनि तारा...' बोलको गीतमा तीन जोडी फिचर्ड छन् । ड्रग एडिक्सनमा फसेका प्रमोदसँग प्रियंकाको घनिष्टतासँगै अभिनेता आयुष्मान देशराज जोशीको अभिनेत्री प्रेक्षा अधिकारी र अभिनेता संजोग कोइरालाको अभिनेत्री सन्ध्या केसीसँग एकोहोरो प्रेम गीतको भिडियोमा देखाइएको छ । 
 
सुगम पोखरेलको स्वर रहेको गीतमा दिपेश सुब्बाको संगीत र इशान सुब्बाको शब्द छ । असोज १२ गतेलाई प्रदर्शन मिति तय गरिएको ‘कथा काठमाण्डू’ लाई संगीता श्रेष्ठले निर्देशन गरेकी हुन् । 
 
संगीताले नै यो फिल्मको कथा लेखेकी हुन् । विजय राइको निर्माणमा तयार भएको यो फिल्ममा लुजा सिंहको छायांकन छ । ‘कथा काठमाण्डू’ तीन भिन्नभिन्न कथालाई बुनेर निर्माण गरिएको हो । 
 
अष्ट महर्जनको द्वन्द्व रहेको फिल्मका गीतमा मोहित मुनाल, कमल खत्री, प्रदीप बाँस्तोला र सुरज विक्रम थापाले संगीत भरेका छन् । उक्त फिल्ममा सम्पादनको जिम्मेवारी मित्र गुरुङले सम्हालेका छन् । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)