Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फेरि ‘घायल’ बन्दै सनी, एक्सनसँगै देखाउनेछन् निर्देशनको दम

एजेन्सी, मुम्बई, 2018/08/09
बलिउड एक्सन हिरो सनी देओल, १९९० को हिट फिल्म ‘घायल’ को सिक्वेल बनाउँदैछन् । जहाँ पहिलो फिल्ममा उनी एक्सन गर्दै देखिएका थिए, अब यसको सिक्वेलमा निर्देशनको मूड बनाइरहेका छन् । अर्थात्, 'घायल २' को निर्देशन उनी आफैंले गर्न चाहेका छन् । 
 
 
‘घायल’ सिरिजको पहिलो फिल्मको निर्देशन राजकुमार सन्तोषीले गरेका थिए । यसपटक उनलाई सनीले प्रोड्यूस गर्न अफर दिएका छन् । 'नानू की जानू' निर्माता साजिद कुरेशी पनि यो प्रोजेक्टमा सहकार्य गरेका छन् । अहिले फिल्मको स्क्रिप्टमा काम भइरहेको छ । 
 
फिल्मका कलाकार निर्देशकबीच नियमित रुपमा छलफल भइरहेको छ । यस्तै, आवश्यकता अनुसार स्क्रिप्टमा पनि बदलाव ल्याइने खबर छ ।   
 
राजकुमार, सनीसँग गर्न चाहन्थे ड्रिम प्रोजेक्ट  
 
राजकुमार सन्तोषी आफ्नो ड्रिम प्रोजेक्ट फिल्म सनी देओलसँग बनाउन चाहन्थे । उनको उक्त ड्रिम प्रोजेक्टको टाइटल हो 'जिस लाहौर नहीं देखया, ओ जम्या नहीं' । खासमा यो भारत र पाकिस्तानको भागवन्डामा बनेको एक पिरियडिक ड्रामा हो । 
 
तर, 'घायल २' यो फिल्मभन्दा पहिला आउनेछ । पहिला 'घायल' फिल्मको कहानीमा अन्तिममा पुलिसले सनीलाई गिरफ्तार गर्छ । खबरअनुसार, 'घायल २' को कहानी त्यहीबाट सुरु हुनेछ । अर्थात्, सनी जेलबाट बाहिर आएपछि के हुन्छ ? त्यही कहानीमा 'घायल २' बन्नेछ । 
 
यही महिना सनी देओल मनाली जाँदैछन्, जहाँ उनी स्क्रिप्ट पढ्नेछन् । उनी भन्छन्, 'म पहिला पनि यसको दोस्रो पार्ट बनाउन चाहन्थेँ । तर त्यसबेला बलिउडमा सिक्वेल बनाउने कुनै चलन थिएन ।' 'घायल' आफ्नो समयको सबैभन्दा हिट फिल्म थियो । यो फिल्मले सात फिल्म फेयर अवार्ड जितेको थियो । 
 
'घायल २' फिल्ममा सनी भ्रष्ट अफिसर्सको पर्दाफास गर्नेछन् । १४ वर्ष जेल जीवन विताएपछि जब सनी बाहिर आउँछन् तब उनले भ्रष्टाचारलाई जरैबाट उखाल्ने कसम खान्छन् । सनी यो फिल्ममा एक पत्रकारको भूमिकामा छन् । 
Most Visited News (monthly)