मंसिर २१ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘शिरफूल’ को अफिसियल ट्रेलर लञ्च भएको छ । ट्रेलरमा काठमाडौंका युवा जमातको रहन सहनका साथै आदिवासी जनजाति संस्कृतिको झलक पनि देख्न सकिन्छ ।

‘शिरफूल’ लाई कमल एक्चै मगरले निर्देशन गरेका हुन् । फिल्ममा रुपा राना, राज थापा, देवराज आले, बिनिता थापा, सुनिल रोका, राजु युगिन, नमिता तामाङ, पुजा गदल, लिला गुरुङलगायतका कलाकारको अभिनय रहेको छ ।
यसअघि नै फिल्मको 'आज किन' र शिर्ष गीत सार्वजनिक भइसकेको छ । फिल्ममा समाबेश गीतमा शब्द राजु थापा, डिपी खनाल र कृष्ण केसीको रहेको छ भने संगीत हरी लम्साल र देवराज आले मगरको रहेको छ ।
उक्त फिल्मका गीतमा आवाज आर्जन पाण्डे, मेलिना राई, हरी लम्साल, देवराज आले मगर र तारा श्रीशको छ । 'शिरफूल' मा कथा देवराज आले मगरको रहेको छ । फिल्मलाई निरोज श्रेष्ठले खिचेका हुन् भने सम्पादन मिलन श्रेष्ठ गरेका हुन् ।
यो फिल्म नेपालसँगै विदेशका १६ वटा देशका प्रमुख सहरमा प्रदर्शन हुने पक्का भएको छ । फिल्ममा आशिर्वाद पुन मगरको लगानी रहेको छ ।
ट्रेलर हेर्नुहोस् :-

