Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आर्यनले जब जसितासँग प्रदीपको नाम जोडे !

फिल्मीखबर, काठमाण्डौ, 2018/08/08
चकलेटी ब्वाई आर्यन सिग्देल अचेल आफू निर्मित तथा अभिनीत फिल्म 'कायरा' का कारण चर्चामा छन् । यसमा उनको जोडी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग बाँधिएको छ । 
 
 
अभिनेता आर्यन सिग्देल
 
उक्त फिल्मले बक्सअफिसमा सुखद कलेक्सन गर्दैगर्दा एक अन्तर्वार्ताको क्रममा उनले 'लिलिबिली' अभिनेत्री जसिता गुरुङसँग युवा स्टार प्रदीप खड्काको नाम जोडेका छन् । 
 
'वाट्स द फ्लप' कार्यक्रममा अतिथी भएर गएका आर्यनलाई अभिनेता समेत रहेका सन्दिप क्षेत्रीले 'प्रदीप खड्काको नाम आउँदा के सोच्नुहुन्छ ?' भन्दै प्रश्न गरे । 
 
उनले सेकेण्डमै उत्तर दिए, 'जसिता गुरुङ ।' 'लिलिबिली' मा सँगै काम गरेपछि प्रदीप र जसिता अफेयरमा रहेको चर्चा छ । मिडियामा समेत यी दुईको प्रेमलाई लिएर विभिन्न खबरहरु आइरहेका छन् । 
 
प्रदीपले 'प्रेमगीत' मा पूजा शर्मा, 'प्रेमगीत २' मा अश्लेषा ठकुरीसँग पनि काम गरेका थिए । आर्यनले जसिताकै नाम उच्चारण गर्नु आफैंमा रोचक सुनिन्छ । यो जवाफको पछाडि 'लिलिबिली' हेरेपछि उनले प्रदीपको जोडी जसितासँग फिट महशुस गरेको अनुमान गर्न सकिन्छ । 
 
 
अभिनेत्री जसिता गुरुङ र अभिनेता प्रदीप खड्का
 
तर उनले जसिताको नाम लिँदै गर्दा खुलेर हाँसेका थिए । यसको अर्थ उनी यो कपलको अफेयरको बारेमा पनि राम्रोसँग जानकार रहेको आशय प्रस्ट हुन्छ । 
 
यस्तै, उनले रेखा थापा, राजेश हमाल, अनमोल केसी, भुवन केसीको नाम आउँदा सजिलै याद आउने कुरा पनि शेयर गरे । सन्दिपको शोमा आर्यनले हलिउड र बलिउड जस्तै नेपाली फिल्म संसारभर एकसाथ प्रदर्शनमा आएको हेर्ने इच्छा रहेको सुनाएका छन् । 
Most Visited News (monthly)