Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

प्रेमको आभाष दिलाउने ‘ब्ल्याक’ : आँचल-आकाश

फिल्मीखबर, काठमाण्डौ, 2018/08/08
 
प्रदर्शन मिति नजिकिँएसँगै फिल्म ‘ब्ल्याक’ टिमले आफ्नो प्रचारलाई तिव्र बनाएको छ । मोफसलका मुख्य स्टेशन केन्द्रित प्रचार अभियान बोकेर कलाकार सहितको निर्माण टिम यतिबेला पूर्वी नेपाल पुगेको छ । 
 
मंगलवार बिर्तामोडमा आयोजित पत्रकार भेटघाटमा भेटिएका प्रमुख दुई कलाकार आकाश र आँचल फिल्मलाई लिएर उत्साहित देखिए । निर्देशक प्रदिप श्रेष्ठले बनिरहेका लभस्टोरी फिल्मभन्दा ‘ब्ल्याक’ को प्रस्तुती केहि भिन्न भएको दाबी गरेका छन् । 
 
'फिल्मले जिन्दगीका रङहरुको ब्याख्या गरेको छ', निर्देशक श्रेष्ठले भने । बोर्तामोड र दमक पश्चात् इटहरी पुगेकी निर्मात्री आश्मा पाण्डेले आफू पूर्वकै चेली भन्दै फिल्म निर्माणमा आफ्नो उपस्थितिलाई दरिलो बनाउन पूर्वेली दर्शकको साथ र सहयोगको अपेक्षा राखिन् ।
 
 
लगानीमा कुनै कन्जुस्याइँ नगरेको र प्रोडक्ट उत्कृष्ट बनेको भन्दै हल पुग्ने दर्शकलाई आफ्नो फिल्मले निराश नबनाउने उनको तर्क छ । अभिनेत्री आँचलले ‘ब्ल्याक’ आफूले गरेका यसअघिका फिल्मभन्दा भिन्न रहेको भन्दै आफ्नो पुस्ताका सबै दर्शकको प्रतिनिधित्व फिल्मले गरेको दाबी गरिन् । 
 
उनले भनिन्, 'बच्चादेखि बृद्धसम्म सबैलाई समेट्ने किसिमको कथा फिल्मले बोकेको छ । पछिल्लो पुस्ताका युवाहरुको जीवन कसरी अन्धकारमा पर्छ र त्यसलाई उज्यालोतर्फ डोर्‍याउँदा आइपर्ने अनेकन परिस्थितीको वरीपरी फिल्म घुमेको छ ।' 
 
उता अभिनेता आकाशले युवाहरुको लभस्टोरीदेखि दैनिक जीवन भोगाइको केहि फरक परिवेश फिल्मले बोल्ने भन्दै पृथक स्वादको प्रेमको आभाष ‘ब्ल्याक’ ले दिलाउने बताए ।
 
 
मोफसल केन्द्रिय प्रचारलाई अघि बढाउने क्रममा सोमबार बिर्तामोड र दमक पुगेको ‘ब्ल्याक’ टिम मंगलबार इटहरी र धरान, बुधबार हेटौंडा, बिहिबार चितवन र शुक्रबार बुटवल हुँदै पोखरा पुगेर राजधानी फिर्नेछ । 
 
मौनता श्रेष्ठको कथामा बनेको फिल्मका कार्यकारी निर्माता चेतनकुमार पाण्डे हुन् । फिल्ममा आकाश र आँचलसँगै सुन्दर श्रेष्ठ, आयुष रिजाल, प्रिया रिजाल, धिरेन शाक्य लगायत लिड रोलमा छन् ।
Most Visited News (monthly)