Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

साउन ३१ मा ‘मिस्टर एण्ड मिस एम्पेरर’ को काठमाडौं फिनाले

फिल्मीखबर, काठमाण्डौ, 2018/08/08
पर्फेक्ट प्लान इन्टरटेन्मेण्टले आयोजना गर्न लागेको ‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’ को काठमाण्डौको लागि ग्राण्ड फिनाले श्रावण ३१ गते हुने भएको छ । फिनाले प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा हुने बताईएको छ ।
 
काठमाण्डौमा हुने फिनालेमा चर्चित मोडल नीति शाह, नायक गौरव पहारी, निर्देशक अमरदीप सापकोटालगायत निर्णायकको रुपमा रहेका छन् । यूवा कलाकारहरुको समेत सहभागिता रहेको उक्त कम्पनीले प्रतिभावान व्यक्तिहरुको लागि नयाँ अवसर दिने भन्दै यो प्रतियोगिताको आयोजना गरेको हो ।
 
यो कार्यक्रमको आयोजक टीममा नायकद्वय सलोन बस्नेत र आमेश भण्डारी तथा यूविका श्रेष्ठ र रबिन कँडेल रहेका छन् भने अन्य केही कलाकर्मीले साथ दिईरहेका छन् ।
 
देशभरका प्रतिभालाई नेपाली चलचित्र तथा संगीत क्षेत्रमा बिशेष अवसर दिने उद्देश्यका साथ आयोजना भएको ‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’ को काठमाण्डौको फिनालेपछि देशभरका अन्य नौ शहरमा अडिसन हुनेछ ।
 
 
प्रतियोगिता दुई चरणमा हुनेछ । काठमाण्डौ सहित पोखरा, चितवन, बुटवल, नेपालगञ्ज, धरान, हेटौँडा, विराटनगर, बाग्लुङ्ग र म्याग्दीमा ‘मिस्टर एण्ड मिस एम्पेरर’ हुनेछ । विजेता तथा फर्स्ट रनरअप र सेकेण्ड रनरअप गरि हरेक शहरबाट छ-छ जनाले ‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’ प्रतियोगितामा भाग लिन पाउनेछन् ।
 
दश वटै शहरका विजेताले पर्फेक्ट प्लानको तर्फबाट म्यूजिक भिडियोमा ब्रेक पाउनेछन् । दोश्रो चरणमा ‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’ विजेताले नेपाली फिल्ममा ब्रेक पाउने बताईएको छ । यसको साथमा नगद पुरस्कार तथा बिभिन्न गिफ्ट ह्याम्पर समेत प्राप्त गर्नेछन् ।
 
प्रतियोगितामा सहभागि हुनका लागि १६ बर्ष देखी २४ बर्ष भित्रका एसईई पास गरेका नेपाली नागरिक हुनुपर्नेछ । युवकको लागि ५ फिट ५ इन्च देखी माथी र युवतीको लागि ५ फिट २ इन्च देखी माथीको उचाईलाई मान्यता दिईनेछ ।
 
काठमाण्डौ उपत्यकाको लागि असार महिनामा पहिलो चरणको प्रतियोगिता सम्पन्न हुनेछ भने त्यसपछि हरेक महिना एक शहरमा प्रतियोगिता हुनेछ । दशवटै शहरमा पहिलो चरणको प्रतियोगिता सकिएपश्चात दोश्रो चरणको प्रतियोगिता काठमाण्डौमा नै आयोजना हुने बताईएको छ ।
 
यतिबेला हेटौडा र चितवनको लागी अडिशन फारम खुल्ला गरिएको बताईएको छ । प्रतियोगितामा सहभागि हुनको लागि एसएमएस मार्फत पनि आवेदन दिन सकिनेछ । त्यसको लागि SMS बक्समा गई ‘Emperor Your Name, age, gender and location’ टाइप गरी 31003 मा पठाउनु पर्नेछ । साथै, विभिन्न स्थानहरुबाट समेत आवेदन फारम प्राप्त हुने बताईएको छ ।
Most Visited News (monthly)