Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हेटौंडाको ओम्याक्स हलमा आगलागी, करोडौंको क्षति

फिल्मीखबर, काठमाण्डौ, 2018/08/08
 
हेटौंडामा अवस्थित ओम्याक्स हलमा आगलागी भएको छ । 'लुट', 'संरक्षण' लगायतका फिल्मका निर्माता तथा एफडी कम्पनीका अध्यक्ष समेत रहेका नरेन्द्र महर्जनले हेटौंडा–४, हुप्राचौरमा सञ्चालन गरेको फिल्म हलमा आगलागी भएको हो । 
 
आगलागीबाट मानविय क्षती नभएपनि करोडौंको क्षति भएको खबर प्राप्त छ । उक्त हलमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर फिल्म 'कायरा' प्रदर्शनरत छ । 
 
 
जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार, विद्युत सर्ट भएर लागेको आगो दुई दमकलको सहयोगले निभाउने प्रयास भइरहेको छ । 
Most Visited News (monthly)