Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

२६ वर्षपछि फेरि आफ्नै हिट गीतमा नाचे सरोज

फिल्मीखबर, काठमाण्डौ, 2018/08/07
२६ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म 'ज्वाला' मा समावेश ‘आज हाम्रो भेट भा'को दिन’ बोलको गीतमा अभिनेता सरोज खनाल र अभिनेत्री कृष्टि मैनालीले कम्मर मर्काएका थिए । यो गीत अझै पनि दर्शकलाई प्रिय लाग्छ । 
 
 
यही गीतमा पुनः एकपटक अभिनेता खनालले नृत्य गरेका छन् । हाल छायांकनरत फिल्म 'द ब्रेकअप' मा राखिएको यो गीत फेरि उनीमाथि नै फिल्मांकन गरिएको छ । गोकर्ण रिसोर्टमा मंगलवारबाट गीतको छायांकन भइरहेको छ । 
 
फिल्मीखबरसँग कुराकानी गर्दै अभिनेता खनालले २६ वर्ष अगाडिको याद ताजा भएको सुनाए । उनले भने, 'म फ्ल्यास ब्याकमा गएँ । कृष्टिलाई धेरै सम्झिएँ । कोरियोग्राफर बसन्तजंग रायमाझीलाई पनि सम्झिएँ ।'
 
उनले पहिला र अहिलेको सुट गर्ने तरिका फरक रहेको बताए । उनी भन्छन्, '२६ वर्ष अगाडि यो गीत खिच्न एक दिन लागेको थियो । अहिले यही गीत खिच्न ४ दिन लाग्छ भन्नुभएको छ ।' यसमा उनले 'द ब्रेकअप' का नायिकाहरुसँग नृत्य गरेका छन् ।  
 
 
हेमराज विसीको निर्देशन रहेको फिल्ममा आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेमनदास श्रेष्ठ, इच्छा कार्की लगायतका कलाकारहरुको अभिनय छ । हालै फिल्मको अष्ट्रेलिया सेड्युल सकेर निर्माण टिम नेपाल फिरेको हो । 
 
'द ब्रेकअप' विवाद
 
अष्ट्रेलिया उड्नु अगाडि ठिकठाक रहेको निर्माता रोहित अधिकारी र निर्देशक हेमराज विसीको नेपाल ल्याण्ड भएसँगै ब्रेकअप भएको छ । फिल्म 'द ब्रेकअप' का निर्माता रोहित हुन् । उनकै ब्यानरमा चलचित्र विकास बोर्डमा फिल्म दर्ता छ । 
 
सोमवार उनले आफ्नो आधिकारिक फेसबुकमा फिल्म 'द ब्रेकअप' बाट आफ्नो ब्यानरले हात झिकेको औपचारिक जानकारी दिएका थिए । दुईबीच फुट के कारणले भयो ? त्यो खुल्न सकेको छैन । 
 
बुझिएअनुसार, फिल्मको बजेट बढ्दा निर्माता अधिकारी र निर्देशकबीच विवाद उत्पन्न भएको थियो । अब फिल्म 'द ब्रेकअप' को निर्माणको जिम्मा निर्देशक हेमराज विसीले उठाएका छन् । 
Most Visited News (monthly)