'गाजलु' फेम्ड अभिनेत्री सृष्टि श्रेष्ठ अभिनीत नयाँ फिल्म 'रोमियो एण्ड मुना' हालसालै प्रदर्शनमा आएको थियो । बक्सअफिसमा फिल्म पत्तासाफ भएपनि उनको अभिनयलाई दर्शकले मुक्तकण्ठले प्रशंसा गरे ।
.jpg)
अब यस वर्ष उनको अर्को नयाँ फिल्म 'बाँध मायाले' प्रदर्शनमा आउँदैछ । असोज ५ गतेलाई प्रदर्शन मिति लक गरिएको सविर श्रेष्ठ निर्देशित यस फिल्ममा उनको जोडी सिक्स प्याक्ड अभिनेता आर्यन अधिकारीसँग बाँधिएको छ ।
.jpg)
हालै उक्त फिल्मको शिर्ष गीतको हालै छायांकन गरिएको छ । गीतको सार्वजनिक तस्बिरमा नायक आर्यनको अंगालोमा नायिका सृष्टि बाँधिएकी छन् । तस्बिरमा यो कपलको जोडी सुहाएको देखिन्छ । तस्बिर सार्वजनिक भएसँगै गीतप्रति चासो बढेको छ ।
.jpg)
अर्जुन पोखरेलले संगीत दिएको गीतमा कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । कुलेखानी र राजधानीमा पाँच दिन लगाएर फिल्मको गीत खिचिएको निर्देशक श्रेष्ठले जानकारी दिए ।
.jpg)
'गीत संगीत र छायाँकनमा निकै मिहेनत गरेका छौं', निर्देशक श्रेष्ठ भन्छन्, 'दर्शकले मन पराउनु हुन्छ भन्ने विश्वास छ ।' अर्को सातातिर गीत रिलिज गरिने उनको भनाई छ ।
.jpg)
रामहरी धिताल र विभिषिका श्रेष्ठको संयुक्त निर्माण रहेको फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् भने द्धन्द्ध निर्देशन रोशन श्रेष्ठको छ । फिल्ममा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको अभिनय छ । यसै फिल्मबाट किशोर खड्का नायकको रुपमा आउँदैछन् ।

