Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आँचललाई आकाश ‘लक्की’ बन्लान् ?

फिल्मीखबर, काठमाण्डौ, 2018/08/07
अभिनेत्री आँचल शर्माले अभिनेता पल शाहसँग तीन फिल्म गरिन् । 'नाई नभन्नू ल ४' बाट यी दुईले डेब्यु गरेका थिए । त्यसपछि 'जोनी जेन्टलम्यान' र 'शत्रु गते' मा पनि सँगै काम गरे । 'जोनी जेन्टलम्यान' फ्लप भएपनि 'नाईँ नभन्नू ल ४' र 'शत्रु गते' ले कमाईको रेकर्ड नै बनायो । 
 
पर्दामा आँचलको जोडी पलसँग मात्र सुहाउने तर्क दर्शकहरुको छ । तर आउँदो भाद्र १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'ब्ल्याक' मा उनको जोडी पलसँग नभएर अभिनेता आकाश श्रेष्ठसँग बाँधिएको छ । उनले पहिलो पटक पल नभएको फिल्ममा काम गरेकी हुन् । 
 
'शत्रु गते' मा काम गरेर पछुताएकी यी अभिनेत्री अब हुलमुलका फिल्म नगर्ने सोचमा छिन् । हुलमुलका फिल्ममा आफू ओझेलमा पर्ने उनको तर्क छ । यसकारण आँचलका लागि फिल्म 'ब्ल्याक' खास छ । यो फिल्म चल्ने महत्वपूर्ण आधार नै आँचल र आकाश हुन् । 
 
 
गीतसंगीत र ट्रेलरले फिल्मको हाइप खासै चुल्याउन सकेको छैन । तर पहिलो पटक आँचलले फरक अभिनेतासँग स्क्रिन साझेदारी गरेका कारण यो फिल्मप्रति दर्शकमा चासो भने बढेको छ । अब उनलाई पल विनाको फिल्म कति फलिफाप रहला ? यसको त प्रतिक्षा गर्नैपर्ने हुन्छ । 
 
प्रदिप श्रेष्ठ निर्देशित फिल्मलाई आश्मा पाण्डेले निर्माण गरेकी हुन् । फिल्ममा आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य र प्रिया रिजाल पनि लिड रोलमा छन् । अर्जुन जिसीले सम्पादन गरेको फिल्ममा मौनता श्रेष्ठको स्कृप्ट समावेश छ ।
 
‘ब्ल्याक’ लाई गोविन्द शाही, उज्जवल पौडेल र मनोज राठीले वितरणको जिम्मा लिएका छन् । चेतनकुमार पाण्डे कार्यकारी निर्माता रहेको यो फिल्मलाई रामशरण उप्रेतीले छायांकन गरेका हुन् ।
Most Visited News (monthly)