Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रियंकाले भंसालीलाई पनि दिइन् धोका

एजेन्सी, मुम्बई, 2018/08/07
बलिउड अभिनेत्री प्रियंका चोपडाले सलमान खानपछि सञ्जय लीला भंसालीको फिल्म पनि अन्तिम समयमा छाडेकी छन् । उनले हलिउड फिल्मका लागि भंसालीको फिल्मबाट छाडेकी हुन् ।
 
पिंकविलाको रिपोर्ट अनुसार, भंसालीले प्रियंकालाई आफ्नो फिल्म 'गंगूबाई कोठेवाली' का लागि कास्ट गरेका थिए । दुवै चाँडै यो फिल्मलाई फाइनल गर्ने तयारीमा थिए । 
 
 
प्रियंकाले आफ्नो हलिउड फिल्म 'काउ ब्वाई निन्जा भाइकिङ्ग' का कारण 'बाजीराव मस्तानी' फेम्ड निर्देशकको फिल्म अन्तिम समयमा छाडेकी हुन् । उनले फिल्म छाडेसँगै भंसालीले यो प्रोजेक्टको काम तत्काललाई लागि रोकेका छन् ।  
 
हलिउड फिल्म 'काउ ब्वाई निन्जा भाइकिङ्ग' मा प्रियंका 'जुरासिक वर्ड' र 'गार्डियन्स अफ द ग्यालेक्सी' फेम क्रिस प्रेटको अपोजिटमा देखिँदैछिन् ।  
 
'द स्काई इज पिंक' बाट गर्दैछिन् कमब्याक  
 
प्रियंका चोपडाले यस वर्ष सोनाली बोसको फिल्म 'द स्काई इज पिंक' बाट बलिउडमा डेब्यु गर्दैछिन् । यो फिल्ममा उनको अपोजिटमा फरहान अख्तर र जायरा वसीम देखिँदैछन् । प्रियंकाले यसअघि सलमान खानको फिल्म 'भारत' पनि अन्तिम समयमा छाडेकी थिइन् । 
 
'भारत' छाड्नुको कारण विदेशी ब्वाईफ्रेण्ड निक जोनससँग उनको विवाहका लागि बताइएको थियो । प्रियंकाको यो फैसलालाई मेकर्सले अनप्रोफेशनल बताएका थिए । सलमान पनि प्रियंकाको यस फैसलालाई लिएर रुष्ट छन् । 
Most Visited News (monthly)