Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कायरा’ गीत रिलिज : रंग खोज्दै आर्यन

फिल्मीखबर, काठमाण्डौ, 2018/08/06
प्रदर्शनको चौँथो दिन अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर फिल्म ‘कायरा’ को तेस्रो गीत सार्वजनिक भएको छ । बक्सअफिसमा सुखद कलेक्सन गरिरहेको फिल्मको 'रंग छ कहाँ ?...' बोलको गीतमा केतन क्षेत्रीको स्वर छ । 
 
 
अभिनेता आर्यन आफैंले लेखेको गीतमा कोशिश क्षेत्रीले संगीत भरेका छन् । गीतको भिडियोमा अभिनेता आर्यन ब्यान्डसहित प्रस्तुत छन् । गीतले पनि उनी फिल्ममा संगीतप्रेमी युवकको भूमिकामा रहेको सस्पेन्स खोल्छ । 
 
उनको घाँटीमा गितारको आटिफिसियल ट्याटु देख्न सकिन्छ । आर्यनले आफ्नो जन्मदिनको अवसरमा फिल्मको गीत इन्टरनेट रिलिज गरेका हुन् । फिल्म हेर्ने सोचमा रहेका दर्शकलाई यो गीतले थप कौतुहलता सृजना गर्ने उनको विश्वास छ । 
 
प्रदर्शनको दुई दिनमा करोड विजनेश गरेको यस फिल्मलाई दिनहुँ परिरहेको पानीले व्यापारमा असर गरेपनि दर्शकको संख्यामा वृद्धि भइरहेको वितरकको भनाई छ । फिल्मलाई राम्रो र नराम्रो कमेन्ट दुबै बराबरी छ । विशेषतः आर्यन र साम्राज्ञीका 'डाईहार्ट फ्यान' ले फिल्म इन्जोय गरेका छन् । 
 
यस फिल्मका निर्देशक लक्ष्मण रिजाल हुन् । आर्यनको होम प्रोडक्सनमा निर्मित उक्त फिल्ममा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरु पनि अभिनय छ ।
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)