Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘प्रसाद’ को इन्डक्ल्यापमा आर्यनको चर्चा

फिल्मीखबर, काठमाण्डौ, 2018/08/06
अभिनेत्री नम्रता श्रेष्ठलाई ‘स्टार’ बनाउने निर्देशक हुन् दिनेश राउत । 'नोभेम्बर रेन', 'क्लासिक' र 'पर्व' फिल्ममा उनले राउतको निर्देशनमा काम गरिसकेकी छन् । दुवैको लोभलाग्दो मित्रता छ । एकपछि अर्को प्रोजेक्ट यी दुईको टिमअप टुटेको छैन । 
 
 
हालैमा नम्रताले दिनेशको निर्देशनमा बनेको फिल्म ‘प्रसाद’ को छायांकन भ्याएकी छन् । यसमा उनको जोडी अभिनेता विपिन कार्कीसँग बाँधिएको छ । यसअघि राउतले निर्देशन गर्ने हरेक फिल्ममा नम्रता र आर्यनको जोडी हुने गर्थ्यो । 
 
'पर्व' मा राउतले नम्रताको जोडी कोशिश क्षेत्रीसँग बाँधेका थिए । एक फिल्म निर्माणको क्रममा आर्यन र दिनेशबीच असमझदारी हुँदा अचेल उनका हरेक प्रोजेक्टमा नम्रता दोहोरिए पनि आर्यन अट्न सकेका छैनन् । 
 
आर्यनसँग अहिले नम्रता र दिनेशको 'पानी बाराबार' रहेको सिनेवृतमा चर्चा छ । तर यो कुरा दुवै पक्ष स्विकार गर्दैनन् । आइतवार आर्यनको जन्मदिन थियो । सोही दिन फिल्म ‘प्रसाद’  को इन्डक्ल्याप कार्यक्रममा राखिएको थियो । सो कार्यक्रममा नम्रता र दिनेशमाथि आर्यनको विषयमा प्रश्न नउठ्ने त कुरै थिएन । 
 
आर्यनलाई 'बर्थ डे' विस कसरी गर्नुहुन्छ ? पत्रकारले प्रश्न गरे । दिनेशलाई पत्रकारको धुमाउरो शैलीको प्रश्न बुझ्न गाह्रो भएन । उनले भने, 'ऊ एउटा राम्रो कलाकार हो । हिजोका दिनमा मैले ऊसँग काम गरिरहेँ यसको मतलब सम्बन्धको आधारमा होइन । एउटा राम्रो आर्टिस्ट भएका कारणले हो ।' 
 
उनले पछिल्लो समय आफूले गरिरहेका फिल्ममा आर्यनलाई सुहाउँदो भूमिका नभएका कारण लिन नसकेको बताए । उनले थपे, 'हामीबीच कुनै अप्ठ्यारो कुरा छ जस्तो मलाई लाग्दैन । उसलाई मैले बिहानै 'बर्थ डे' विस गरिसकेको छु ।' 
 
निर्देशक राउतले मिडियाको अगाडि पनि आर्यनलाई जन्मदिनको शुभकामना दिँदै स्वस्थ जीवनको काम गरे । उनले हाल प्रदर्शनरत फिल्म 'कायरा' वर्षको सर्वाधिक हिट होस् भन्दै शुभकामना पनि दिए । यस्तै, अभिनेत्री नम्रता श्रेष्ठले निर्देशक राउतको कुरालाई कपिपेस्ट गर्न चाहने बताइन् । 
 
 
उनले भनिन्, 'मलाई आर्यनको बारेमा यतिधेरै प्रश्न आउँछ कि मेरो उत्तर कहिले चेञ्ज नै हुँदैन । म अहिले सबैको अगाडि आर्यनलाई 'ह्याप्पी बर्थ डे' भन्न चाहन्छु । र, सोमवार हामी 'कायरा' हेर्न जाँदैछौं ।' उनले आर्यनसँग आफ्नो अझै पनि सुमधुर सम्बन्ध रहेको बताइन् । 
 
आर्यनको होम प्रोडक्शनको ब्यानरमा निर्देशक दिनेश राउतले निर्देशन गर्ने भनिएको फिल्म 'टकिला सनराइज' मा नम्रताको विषयमा विवाद भएपछि आर्यन र दिनेशको सम्बन्धमा दरार उत्पन्न भएको खबर छ । 
 
आर्यन, नम्रता लिन नमान्ने र राउतले नम्रता नभए फिल्म नगर्ने अढान लिएपछि आर्यनसँग राउत मात्र नभएर नम्रता पनि रुष्ट रहेको चर्चा सिनेवृतमा छ । 
 
केही हप्ता अगाडि फिल्मीखबरसँगको कुराकानीको क्रममा आर्यनले फिल्ममा नम्रता अनुबन्ध भएपनि स्क्रिप्ट पूरा हुन नसकेकाले फिल्म बन्न नसकेको बताएका थिए । आखिर वास्तविकता के हो ? त्यो त उनीहरु नै जान्दछन् । 
 
जब नम्रताले निर्देशक राउतलाई ‘राउटे’ भनिन् !
 
‘प्रसाद’ को इन्डक्ल्यापमा आर्यनलाई जन्मदिनको शुभकामना दिने क्रममा अभिनेत्री नम्रता श्रेष्ठको जिब्रो नचाहँदा-नचाहँदै चिप्लियो । भएको के थियो भने, निर्देशक दिनेश राउतले आर्यनलाई 'बर्थ डे' विस गरे । त्यसपछि माइक नम्रताको हातमा पुग्यो । 
 
 
अभिनेत्री नम्रता श्रेष्ठ र निर्देशक दिनेश राउत
 
उनले निर्देशक राउतकै कुरा कपीपेस्ट गर्न चाहने बताइन् । तर, राउतलाई उनले ‘राउटे’ नामले उच्चारण गरिन् । यसपछि ‘प्रसाद’  को इन्डक्ल्याप कार्यक्रम हाँसोले गुञ्जियो । नम्रताले झट्टै आफ्नो कुरा फिर्ता लिँदै 'सरी' भनिन् । 
 
निर्देशक राउत रात्तोपिरो भए । नचाहँदा-नचाहँदै जिब्रो चिप्लिए पनि नम्रताले निर्देशक राउतलाई प्रायः ‘राउटे’ भनेरै बोलाउने गरेको कार्यक्रममा कानेखुसी भयो । हुनत, लामो समयको मित्रतामा एकअर्काको नाम काटेर बोलाउनु नौलो कुरा होइन । 
Most Visited News (monthly)