Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

‘धूम ४’ मा शाहरुख सुपर चोर ?

फिल्मीखबर, मुम्बई, 2018/08/06
यशराज ब्यानरको हिट फ्रेन्चाइजी 'धूम' को तेस्रो पार्ट रिलिज भएसँगै ‘धूम ४’ लाई लिएर चर्चा सुरु भएको थियो । हरेक दिन यो फिल्मको स्टारकास्टलाई लिएर विभिन्न खबर मिडियामा आइरहेको छ तर अहिलेसम्म फिल्मसँग जोडिएको कुनै आधिकारिक जानकारी आएको छैन । 
 
एकपटक फेरि ‘धूम ४’ सँग जोडिएको एक ठूलो खबर बाहिर आएको छ । खबरअनुसार, यशराज फिल्म्स चाँडै फिल्मको स्टारकास्टको घोषणा गर्ने तयारीमा छ । 
 
फिल्मफेयरको खबरलाई आधार मान्ने हो भने आमिताभ बच्चन र आमिर खान स्टारर फिल्म 'ठग्स अफ हिन्दोस्तान' को फर्स्ट लुक रिलिज गरेपछि यशराज फिल्म्सले ‘धूम ४’ को स्टारकास्टलाई लिएर ठूलो खुलासा गर्दैछ । 
 
 
यो फिल्ममा नेगेटिभ रोलमा सलमान खान नभएर शाहरुख खान देखिन सक्ने बताइएको छ । अहिले शाहरुख 'जीरो' को छायांकनमा व्यस्त छन् । यो फिल्मपछि शाहरुखसँग हाल कुनै बिग प्रोजेक्ट छैन ।
 
केही दिन अगाडि उनले राकेश शर्माको बायोपिक छाडेको खबर बाहिर आएको थियो । 'जीरो' पछि शाहरुख ‘धूम ४’ को सेट ज्वाइन गर्नसक्ने चर्चा छ । 'धूम' फ्रेन्चाइजीको पछिल्लो तीन फिल्म बक्सअफिमा सुपरहित साबित भएको थियो ।
 
फिल्ममा सेन्ट्रल क्यारेक्टर चोरको हुने गर्दछ, फिल्मको पूरा कहानी नै  चोरको वरिपरि घुम्ने गरेको छ । 'धूम' सिरिजको पछिल्लो फिल्ममा यो भूमिका जोन अब्राहम, ऋतिक रोशन र आमिर खानले निभाएका थिए । 
Most Visited News (monthly)