.jpg)
भाद्र ८ गते फिल्म 'नाईँ नभन्नू ल ५' सँग एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म ‘रेनी’ को ट्रेलर र गीत सार्वजनिक भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा अभिनेता दीपक ढकाल र सनम मल्ल बीचको प्रेम, रोमान्स, द्वन्द्व, विछोड देखाइएको छ ।
'मलाई नाईँ नाईँ' बोलको सार्वजनिक गीतले यो कपलको प्रेमभाव बोल्छ । भिडियोमा दुवै रोमान्टिक मूडमा प्रस्तुत छन् । पुस्कर सुनुवारको स्वर र संगीत रहेको उक्त गीतको कोरियोग्राफी मदन खड्काले गरेका हुन् ।
बिमला मल्ल र संजीव मल्लले निर्माण गरेको फिल्मलाई गिरिश रिजालले निर्देशन गरेका हुन् । फिल्ममा सरोज खनाल, सनम मल्ल, दीपक ढकाल,सुरवीर पण्डित, रमेश लम्साल, बबिता लम्साल,टंक डुम्रे,गुरु भुटिया, बिजय तिखातारिलगायतका कलाकारले अभिनय गरेका छन् ।
ट्रेलर हेर्नुहोस् :-
निर्मात्री बिमलाले निकै मिहिनेतका साथ राम्रो फिल्म बनाएकाले सफल हुनेमा आफूहरु बिश्वस्त रहेको बताइन् । फिल्मकी स्क्रिप्ट राईटर र गीतकार समेत रहेकी नव-अभिनेत्री सनमले ‘रेनी’ मा मायाप्रेम, हाँसो, रोदन, द्वन्द्वका साथमा सामाजिक बिषयलाई प्रस्तुत गरिएको जानकारी दिइन् ।
अभिनेता दीपकले रेनीको स्क्रिप्ट निकै मन परेको बताउँदै आमदर्शकले फिल्म सफल गराइदिने बिश्वास ब्यस्त गरे । निर्देशक गिरिशले ‘रेनी’ आफ्ना लागि बिशेष भएको बताउदै दर्शकले पनि मन पराउने दावी गरे ।
गीत हेर्नुहोस् :-
शाही मल्ल फिल्मस्को ब्यानरमा निर्मित फिल्मलाई गोबिन्द शाहीले बितरण गर्दैछन् । जयराम रिजालले खिचेको फिल्मका गीतमा बिनोद खुम्बुको पनि संगीत छ । फिल्मको द्वन्द्व राजु किराँतीले निर्देशन गरेका हुन् ।

