अभिनेत्री नम्रता श्रेष्ठ, अभिनेता द्वय विपिन कार्की र निश्चल बस्नेतले पहिलो पटक एकसाथ स्क्रिन साझेदारी गरेका कारण खबरमा रहेको फिल्म ‘प्रसाद’ को सम्पूर्ण छायांकन सकिएको छ ।
(1).jpg)
आइतवार ललितपुरमा रहेको राजु पेन्टर स्टुडियोमा चलचित्र पत्रकार संघ, नेपालका उपाध्यक्ष दिनेश सिटौलाले क्ल्याप ठोकेर फिल्मको छायांकन सकिएको जानकारी दिए । यस फिल्मका निर्देशक दिनेश राउत हुन् ।
.jpg)
'नोभेम्बर रेन', 'क्लासिक', 'पर्व' लगायतका फिल्म निर्देशन गरिसकेका उनले ‘प्रसाद’ लाई राम्रो बनाउन कुनै कसर बाँकी नराखेको बताए । निर्देशक राउतले फिल्मको प्रदर्शन मिति पनि घोषणा गरे । उनका अनुसार, यस वर्षको मंसिर २१ गतेबाट ‘प्रसाद’ प्रदर्शनमा आउनेछ ।

इन्डक्ल्याप कार्यक्रममा बोल्दै निश्चलले आफूले अभिनय गरेका अन्य फिल्मभन्दा ‘प्रसाद’ मा फरक भूमिका रहेको बताए । उनी भन्छन्, 'छुट्टै खालको तर राम्रो फिल्म बनेको छ भन्नेमा म विश्वस्त छु । आजसम्म एक्टरको रुपमा खेलेका फिल्मभन्दा यसमा मैले केही मिहिनते गरेर राम्रो काम निकाल्न सकेँ की भन्ने लागेको छ ।'

उनले ‘प्रसाद’ मा दर्शकले आफ्नो अभिनयमा म्याचुरिटी देख्न पाउने पनि बताए । यस्तै, अभिनेत्री नम्रताले यस फिल्ममा आफूले फरक भूमिका निर्वाहा गरेको बताइन् । यो फिल्ममा उनी गृहणी महिलाको भूमिकामा छिन् । फिल्म 'जाइरा' का लागि कपाल मुडुलो बनाएकी उनले ‘प्रसाद’ मा नक्कली कपाल लगाएकी छन् ।
उक्त फिल्मलाई पत्रकार सुशील पौडेलले लेखेका हुन् । सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा बनेको ‘प्रसाद’ लाई राजेश श्रेष्ठले खिच्नेका हुन् भने संगीत सुवाष भुसाल र कोशिष क्षेत्रीको छ ।
.jpg)
निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मुल्य-मान्यता विरुद्धको कथा फिल्मले बोल्छ । विकास सुवेदी फिल्मका एशोसियट डाइरेक्टर हुन् ।

