Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

थाइल्याण्डमा ‘चिँ मुसी चिँ’ हाउसफुल

फिल्मीखबर, काठमाण्डौ, 2018/08/05
सस्पेन्स थ्रिलर जनराको फिल्म ‘चिँ मुसी चिँ’ ले विदेश प्रदर्शन थालनी गरेको छ । नेपालमा गएको हप्ताबाट यो फिल्म प्रदर्शनमा आएको थियो । फिल्मको पहिलो विदेश प्रदर्शन सुन्दर देश थाइल्याण्डको राजधानी बैंककबाट भएको छ । 
 
 
बैंककमा रहेको 'मेजर सिनेप्लेक्स' मा भब्य प्रदर्शन भएको छ । फिल्म हेर्न सयौं दर्शक उपस्थित भएका थिए । ‘चि मुसी चिु हेरेका अधिकांश दर्शकले यसको सस्पेन्स पाटो र गीतसंगीतको मुक्तकण्ठले प्रशंसा गरेका छन् । 
 
फिल्मको थाइल्याण्डका विभिन्न शहरमा १२ भन्दा बढी शो हुने बताइएको छ । शनिवार नै थाइल्याण्डको पतैयामा पनि यस फिल्मको अर्को शो भब्य रुपमा सम्पन्न भएको छ । 
 
बैंकक र पतैयामा सफल प्रदर्शन पश्चात फेरि सो ठाउँमा उक्त फिल्म प्रदर्शन हुने सम्भावना बढेको आयोजक संस्था थाई नेपाली संघले जानकारी दिएको छ । फिल्मको प्रदर्शनका लागि कार्यकारी निर्माता शिवराज कार्की र अभिनेता सुशान्त कार्की यतिबेला थाइल्याण्डमा छन् । 
 
 
निर्माता कार्की थाइल्याण्डबासी नेपालीबाट पाएको सकारात्मक प्रतिक्रियाबाट उत्साहित भएको बताए । उनले भने, 'फिल्म हेर्नुभएका सबैले राम्रो भन्नुभएको छ । हाम्रो लागि यो ठूलो सफलता हो ।' यस्तै, अभिनेता सुशान्तले आफ्नो भूमिका रुचाइदिएकोमा दर्शकलाई धन्यवाद दिए । 
 
दिनेश श्रेष्ठ निर्देशित‘चिँ मुसी चिँ’ मा अलिशा शर्मा र सुनिल क्षेत्रीको पनि प्रमुख भूमिका छ । नृत्य क्षेत्रमा आफूलाई स्थापित गरिसकेका यी दुईको यो डेब्यु फिल्म हो । नेपालसँगै थाइल्याण्डबासी नेपालीले पनि यो कपलको अभिनयको तारिफ गरेका छन् । 
 
 
यस फिल्मको निर्मातामा अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ छन् । यस्तै, कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।
Most Visited News (monthly)