गीत संगीतको मुख्य विशेषता बोकेको सिरिज ‘नाईं नभन्नू ल ५’ दोस्रो गीत सार्वजनिक भएको छ । ‘बालापनको उमेर’ बोलको गीतको भिडियोमा बाल कलाकार द्वय अनुभव रेग्मी र सेड्रिना शर्मा फिचर्ड छन् ।

बसन्त सापकोटाको शब्द तथा संगीत रहेको गीतमा समिक्षा अधिकारीको स्वर छ । कविराज गहतराजको कोरियोग्राफी र पुरुषोत्तम प्रधानले खिचेको गीतको भिडियोमा सेड्रिना र अनुभवको केमेस्ट्री कमालको देखिएको छ ।
भाद्र ८ गतेबाट प्रदर्शनमा आउन लागेको ‘नाईं नभन्नू ल ५’ का निर्देशक विकासराज आचार्य हुन् । स्वस्तिमा खड्का, अभिषेक नेपाल, निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी, दीलिप रायमाझी, जयनन्द लामा, उत्तम केसी, बुद्धि तामाङलगायतका कलाकारहरुको यो फिल्ममा अभिनय छ ।
नेपालमा सबैभन्दा धेरै सिक्वेलको रेकर्ड राखेको फिल्म ‘नाईं नभन्नू ल’ को पाँचौं भागलाई विकास आचार्य र सामीप्यराज तिमल्सेना मिलेर लेखेका हुन् भने फिल्मको छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन् । बसन्त सापकोटाको संगीत रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।
वान टाइम सिनेमाको ब्यानरमा बनेको फिल्मको निर्मातामा हरिबोल भण्डारी र गौरी जोशी छन् भने कार्यकारी निर्मातामा दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र विष्णुमणी दाहाल रहेका छन् ।
गीत हेर्नुहोस् :-

