Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

रेखा र भुवनको ‘पानी बाराबार’

मनिष अन्जान, काठमाण्डौ, 2018/08/05
अभिनेत्री रेखा थापा र अभिनेता भुवन केसीका लागि कसैसँग सम्बन्ध सुध्रिनु र विग्रिनु अनौठो होइन । गसिप, चर्चा र आलोचना यी दुई अभिनेता/अभिनेत्रीको सबैभन्दा प्रिय मित्र हुन् । 
 
'साथी म तिम्रो', 'दुनियाँ' लगायतका केही फिल्ममा सँगै काम गरेका रेखा र भुवनको सम्बन्ध अहिले ३६ को आँकडामा छ । एक स्मारिकामा रेखाले आफूलाई 'मेघास्टार' र 'महानायिका' नभनेकोमा मिडियाप्रति गुनासो पोख्दै एक-दुई फिल्म हिट दिएको भरमा नयाँलाई 'मेघास्टार' भनिनु गलत रहेको बताएकी थिइन् । 
 
 
रेखासँग भुवन रुष्ट हुनुको प्रमुख कारण अरु नभएर यही नै हो । पछिल्लो समय उनका छोरा अनमोल केसीलाई 'मेघास्टार' भनिन थालिएको छ । आफ्नो छोरालाई 'मेघास्टार' भनिएकोप्रति रेखाले विरोधको स्वर उठाउनु भुवनका लागि पाच्य भएन ।
 
रेखासँग भुवन रुष्ट हुनुको कारण अर्को पनि छ । केही हप्ता अगाडि रेखाले अभिनेता प्रदीप खड्कालाई नेपालको 'नम्बर वान नायक' भन्दै तारिफ गरिन् । उनले यतिमात्र भनिनन् । प्रदीपले अरुको बुई चढेर यो स्थान नबनाएको भन्दै प्रशंसा गरेकी थिइन् । 
 
उनले घुमाउरो शैलीमा फेरि अनमोललाई नै निशाना बनाएकी थिइन् । भुवन अभिनेता भएका कारण अनमोललाई फिल्ममा संघर्ष गर्नु नपरेको उनको 'साइलेन्ट' तर्क थियो ।  रेखाले आफ्नो छोरालाई पटक-पटक निशाना बनाउँदा भुवन आगो भएका छन् । यही कारण अहिले यी दुईको ‘पानी बाराबार’ भएको छ । 
 
शनिवार राजधानीमा पत्रकार प्रकाश सुवेदीको जन्मदिनको पार्टीमा यी दुवै अभिनेता/अभिनेत्री उपस्थित भएका थिए । बस्न पनि एउटै रोहको कुर्सीमा बसे । तर, दुवैले एकअर्कालाई पूरै वेवास्था गरे । पत्रकार सुवेदीलाई जन्मदिनको शुभकामनासहित गीत गाउन उद्घोषकले रेखासहित दीपाश्री निरौला र भुवन केसीलाई निम्तो दिए । 
 
तर, रेखासँग एउटै स्टेज शेयर गर्न भुवन मानेनन् । दीपाश्रीले पटक-पटक बोलाउँदा पनि उनी गएनन् । रेखाले त नचिने झैँ गरिदिइन् । पछि पत्रकार सुवेदीकै आग्रहमा उनी रेखाको छेउमा उभिन बाँध्य भए । दुईको बीचमा भने दीपाश्री थिइन् । 
 
त्यसपछि कार्यक्रम अवधिभर रेखा र भुवन एकपटक पनि आमने-सामने भएनन् ।  यसको पछाडि अर्को ठूलो कारण पनि छ । रेखाको नयाँ फिल्म 'मालिका' लक्ष्मीपूजाको दिनबाट रिलिज हुँदैछ । अब यो मितिमा अनमोल स्टारर फिल्म 'क्याप्टेन' रिलिज हुने चर्चा छ । तर कन्फर्म भने भइसकेको छैन । 
 
 
छोरालाई 'मेघास्टार' भनिएकोमा आपत्ति जनाएका कारण त्यसको इगो साध्नकै लागि अब भुवन एकसाथ फिल्म जुधाउने तयारीमा छन् । 'को मेघास्टार ?' उनी फिल्म जुधाएर प्रमाणित गर्न चाहन्छन् । यो खबरको रेखा पनि राम्रोसँग जानकार छिन् ।
 
अब लक्ष्मीपूजामा 'मालिका' सँग 'क्याप्टेन' आउँछ वा आउँदैन ? त्यो सबैका लागि चासोको विषय बनेको छ । नेपाली फिल्ममा इगो साध्ने चलन नौलो होइन । फिल्मकर्मीले बोल्ने एउटा चर्चित उखान नै छ, 'यहाँ हरेक हप्ताको शुक्रवार दुश्मनी र मित्रता रिलिज हुन्छ ।' अब रेखा र भुवनको दुश्मनीले कुन रुप लिने हो ? हेर्न बाँकी छ । 
Most Visited News (monthly)