Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 5.00/5.00)
Text size:-
+
-

सबैभन्दा ठूलो डान्स नम्बर बन्दै ‘भारत’ को गीत

एजेन्सी, मुम्बई, 2018/08/04
बलिउड सुपरस्टार सलमान खानको नयाँ फिल्म ‘भारत’ को छायांकन सुरु भइसकेको छ । हालैमा फिल्ममा सलमानको सेम ब्याकग्राउन्डको दुई लुक बाहिर आएको छ । खबरका अनुसार, फिल्मको हाल एक गीतको छायांकन भइरहेको छ । 
 
उक्त गीत भारतीय इतिहासको डान्स नम्बरमा सबैभन्दा ठूलो हुने बताइएको छ । खासमा, फिल्मको गीतमा ५ सय कोरसले नृत्य गर्दैछन् । फिल्मको यो गीतसँग जोडिएका एक व्यक्तिले ‘भारत’ को गीत बलिउडको अहिलेसम्मकै सबैभन्दा ठूलो डान्स नम्बर हुने बताएका छन् ।  
 
 
यो ट्रयाकलाई स्लो मोसनमा देखाइनेछ किनकी, यसमा सलमान खानको आगोको बीचमा गरिने स्टन्ट हुनेछ । यो गीत ६०/७० को दशकप्रति समर्पित हुनेछ । जब रूसी सर्कस देशमा निकै लोकप्रिय थियो र, यो कयौं दर्शकलाई मध्यनजर गर्दै  बन्न लागेको फिल्ममा सलमान-दीशा पटानीको ट्रयाकको एक महत्वपूर्ण हिस्सा हुनेछ । 
 
भारतमा तब्बूको पनि प्रमुख भूमिका छ । बताइएअनुसार, अभिनेत्री कैटरीना कैफले सेप्टेम्बरबाट फिल्मको टीम ज्वाइन गर्नेछन्, योभन्दा पहिला उनले आफ्नो सबै फिल्मको छायांकन सक्नेछिन् । यस फिल्मका निर्देशक अली अब्बास जफर हुन् । 
Most Visited News (monthly)