Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

फ्लोरमा नजाँदै अनमोलको ‘ए मेरो हजुर ३’ रिलिज घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2018/08/04
सुपरस्टार अनमोल केसीको प्रमुख भूमिका रहने फिल्म ‘ए मेरो हजुर ३’ को छायांकन अगावै प्रदर्शन मिति घोषणा गरिएको छ । दोस्रो पटक निर्देशन गर्न लागेकी अभिनेत्री झरना थापाले फिल्मको रिलिज क्यालेन्डर यस वर्षको अन्तिम रोजेकी छन् । 
 
 
उनले आफ्नो आधिकारिक फेसबुकमा एक पोस्टर शेयर गरेकी छन्, जहाँ फिल्मको रिलिज डेट चैत २९ गते उल्लेख छ । यो फिल्मको छायांकन असोज ५ गतेबाट सुरु हुँदैछ । हाल फिल्मको अन्डर प्रोडक्शनको काम भइरहेको निर्देशक थापाले जानकारी दिइन् । 
 
यो फिल्मबाट उनकी छोरी सुहाना थापाले डेब्यु गर्दैछिन् । उनी अभिनेता अनमोल केसीको जोडीको रुपमा देखिनेछिन् । सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा सुनिल कुमार थापा निर्माता रहने यो फिल्मको दोस्रो सिरिज गएको वर्ष प्रदर्शनमा आएको थियो । 
 
'ए मेरो हजुर २' बक्सअफिसमा सुपरहिट भएपछि पुनः अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता सलिनमान बनियाँको जोडी तेस्रो सिरिजमा दोहोरिने चर्चा थियो । ‘ए मेरो हजुर ३’ मा अनमोल जोडिएसँगै फिल्मको दर्शकमा छायांकन अगावैदेखि व्यग्र प्रतिक्षा भइरहेको छ । 
 
 
उनी अहिले आफ्नो नयाँ फिल्म 'क्याप्टेन' को छायांकनमा व्यस्त छन् । अहिले यो फिल्मको अन्तिम चरणको छायांकन चलिरहेको छ । उक्त फिल्म मंसिर २१ गते रिलिज हुने चर्चा छ । 
Most Visited News (monthly)