Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

यस्तो छ ‘कायरा’ को ओपनिङ अकुपेन्सी

फिल्मीखबर, काठमाण्डौ, 2018/08/03
गएको वर्ष प्रदर्शनमा आएको फिल्म ‘शत्रु गते’ पछि नेपाली फिल्मले अपेक्षाकृत व्यापार गर्न सकिरहेका छैनन् । बैशाखदेखि साउनको दोस्रो हप्तासम्म रिलिज भएका फिल्मको व्यापार हेर्ने हो भने पट्यारलाग्दो छ । 
 
असार–साउन लगातार पानी पर्ने महिना हुन् । फिल्मको व्यापार दयनिय हुनुको पछाडि धेरैले यसलाई पनि मानेका छन् । यसैबीच, शुक्रवारबाट नेपाली हलमा दुई फिल्मले प्रदर्शन थालनी गरेका छन्, ‘कायरा’ र ‘झमक बहादुर’ । दुईमध्ये ‘कायरा’ को विजनेश पहिलो दिन माथि देखिएको छ । 
 
गएको वर्ष आएको फिल्म ‘रुद्रप्रिया’ पछि पर्दामा नदेखिएका चकलेटी ब्वाई आर्यन सिग्देल र अहिलेकी मस्ट डिमान्डेड अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको प्रमुख भूमिका रहेको फिल्म ‘कायरा’ ले पहिलो दिन सुखद अकुपेन्सी प्राप्त गरेको छ । 
 
 
देशैभर वितरणको जिम्मा लिएका सुनील मानन्धरले फिल्मको ‘फर्स्ट डे’ अकुपेन्सी सुखद भन्न मिल्ने बताए । उनी भन्छन्, 'शुक्रवार बिहानदेखि साँझसम्म ‘कायरा’ को अकुपेन्सी ६० प्रतिशतको आसपास छ । सिंगलभन्दा फिल्म हेर्न मल्टिप्लेक्समा दर्शक ओहिरिएका छन् ।' 
 
वितरक मानन्धर शनिवार फिल्मको अकुपेन्सी शतप्रतिशत हुनेमा विश्वस्त देखिए । गीतसंगीत र ट्रेलरबाट मिलेको सकारात्मक प्रतिक्रिया र आर्यन-साम्राज्ञीको क्रेजको प्रभाव फिल्मको सुरुवाती व्यापारमा देखिने फिल्मी पण्डितहरुको आँकलन छ । 
 
दर्शक र समीक्षकबाट मिश्रित प्रतिक्रिया पाइरहेको यस फिल्मका निर्देशक लक्ष्मण रिजाल हुन् । मल्टिप्लेक्समा उच्च शोज पाएको ‘कायरा’ ले देशभरका करीब ८० बढी हल पाएको छ । वितरक मानन्धरका अनुसार, शुक्रवार राजधानी भित्र र बाहिरका सबै हल हाउसफुल नभए पनि दर्शकको उपस्थिति सन्तोषजनक रहेको छ । 
 
उक्त फिल्ममा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरु पनि अभिनय छ । कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको ‘कायरा’ का गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् । 
 
आर्यन सिग्देलकै कथा रहेको यसमा स्क्रिन प्ले र डाइलग केदार भुषालको छ भने निर्मातामा निर्देशक रिजाल छन् । यो फिल्ममा बनिष शाह र मिलन श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् ।
 
शिवराम श्रेष्ठले फिल्मका हरेक सिन खिचेका हुन् । राजकुमार भट्ट कार्यकारी निर्माता रहेको ‘कायरा’ मा दिनेश थापा र दिवस पराजुली सह-निर्मातामा छन् ।  
Most Visited News (monthly)