Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘प्रेम चरी’ मा रेश्मासँग संजय र दीलिपको रोमान्स

फिल्मीखबर, काठमाण्डौ, 2018/08/03
प्रेम कथामा नेपाली फिल्म ‘प्रेम चरी’ निर्माण हुने भएको छ । बिचल किराँतीले निर्देशन गर्ने यस फिल्मको शुक्रवार मैतिदेवीस्थित मैतिदेवी मन्दिरमा मुहूर्त गरिएको छ । 
 
 
चन्द्र भट्टराईको कथा रहेको फिल्मलाई एस.बि.आर फिल्मस् र आई स्टार इन्टरनेसनल फिल्मसको ब्यानरमा निर्माता संजयश्री र मोनिका कुमारी ठाकुरले संयूक्त रुपमा निर्माण गर्नेछन् । 
 
 
भाद्र १ गतेबाट फ्लोरमा जाने ‘प्रेम चरी’ मा प्रेम कथासँगै एक्सन पनि रहने निर्देशक किराँतीले जानकारी दिए । यस फिल्ममा पुस्कर रेग्मी, रेश्मा सुवेदी, सपना ओली, संजयश्री र मनमोहन ठाकुर (दीलिप) को प्रमुख भूमिका रहनेछ । 
 
 
‘प्रेम चरी’ ६० लाखको बजेटमा निर्माण हुने बताइएको छ । फिल्मका गीतमा ओम सुनारको संगीत रहनेछ । निर्माता ठाकुरका अनुसार, फिल्मका गीतको सम्पूर्ण काम भारतमा हुनेछ । रामजी लामिछानेको कोरियोग्राफी रहने यो फिल्मलाई पवन गौतमले खिच्दैछन् । 
Most Visited News (monthly)