Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘लुट’ निर्माता वाग्ले २५ लाख धरौटीमा रिहा

फिल्मीखबर, काठमाण्डौ, 2018/08/03
नक्कली नोट छापेको आरोपमा पक्राउ परेका ‘लुट’ सिरिजका निर्माता माधव वाग्लेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्ने आदेश दिएको छ । 
 
जिल्ला अदालत काठमाडौंले नक्कली नोटको कारोबार गरेको भन्दै गत जेठमा पूर्पक्षको लागि थुनामा पठाएको थियो । निर्माता वाग्ले २५ लाख धरौटी बुझाएर रिहा भएका हुन् । 
 
 
प्रहरीले जेठ २ गते २ करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँसहित ६ जनालाई पक्राउ गरेको थियो । नेपाल राष्ट्र बैंकले निर्माता वाग्लेको साथबाट भेटिएको नोट 'जाली' रहेको पुष्टि गर्दै प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो ।
 
वाग्लेले नयाँ फिल्म ‘चङ्गाचेट’ को प्रायोजनका लागि नक्कली नोट छापेको प्रहरीसमक्ष बयान दिएका थिए । प्रहरीले 'लुट', 'लुट–२', 'छड्के', 'रेशम फिलिली' लगायतका फिल्मका निर्माता तथा वितरक वाग्लेसहित महेन्द्र बोगटी, सुजित तामाङ, साजन तामाङ, प्रकाश सुवेदी र विकेश नापितलाई पक्राउ गरेको थियो । 
 
गोंगबुमा रहेको सुमधुर खाजाघरमा खाजा खाएका महेन्द्र बोगटीले नक्कली नोट दिएर हिँड्न खोजेपछि खाजाघरका सञ्चालकले बोगटीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । 
 
प्रहरीले पक्राउ परेका बोगटीको कोठाबाट १ लाख २० हजार बरामद गरेपछि सोधपुछ गर्दै जाँदा प्रिन्सेस मुभिज प्रालिका सञ्चालक वाग्लेको चारढुंगे नक्सालस्थित कोठामा छापा मार्दा १ हजार दरका २ करोड ५२ लाख रुपैयाँ बरामद गरेको थियो । 
Most Visited News (monthly)