Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

शुभेच्छालाई भेट्न किशोर र निकलाई भयो हतार (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/08/03
राजु गिरी निर्देशित फिल्म ‘निर्जला’ को ‘भाले मोटर’ बोलको गीत इन्टरनेट रिलिज भएको छ । सलिल सुन्दर तुलाधर र सवनम आचार्यले गाएको गीतमा शब्द तथा संगीत बाबुल गिरीको रहेको छ । 
 
 
क्रान्ति केसीको कोरियोग्राफी रहेको गीतको भिडियोमा किशोर खतिवडा, शुभेच्छा थापा र निक शर्मा फिचर छन् । यूट्युबमा सार्वजनिक भएसँगै निर्माण टिमले यस गीतको कभर भिडियो प्रतियोगीता घोषणा गरिएको छ । 
 
असोज १९ गते प्रदर्शन हुने फिल्मको सो गीतको कभर भिडियो भदौ दोस्रो सातासम्म साइराम पिक्चर्सको इमेलमा पठाउनु पर्ने प्राबधान राखिएको छ । निर्माता प्रकाशचन्द्रले प्राप्त भिडियोहरु मध्ये प्रथम हुनेलाई नगद ५० हजार रुपैयाँ र दोश्रो हुनेलाई ३० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जानकारी दिएका छन् । 
 
कभर भिडियोका विजेतालाई आफूले निर्माण गर्ने नयाँ फिल्ममा उचित भूमिका पनि दिइने निर्माता प्रकाशचन्द्रले बताएका छन् । गाउँले परिबेशको कथामा निर्माण गरिएको ‘निर्जला’ मा श्याम राई, पल्पसा डंगोल, रश्मी भट्ट, राजकुमार थापा, राजेन्द्र गिरी, भीम खनाललगायतको अभिनय छ । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)