Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शिल्पालाई बाहिरी ब्यानरमा चल्नै सकस

फिल्मीखबर, काठमाण्डौ, 2018/08/02
अभिनेत्री शिल्पा पोखरेल, निर्माता छविराज ओझाले निर्माण गर्ने पछिल्ला हरेक फिल्ममा प्रमुख भूमिकामा रहँदै आएकी छन् । उनका 'लञ्च गुरु' नै निर्माता ओझा हुन् । 'लज्जा' शिल्पाको डेब्यु फिल्म थियो । 
 
'हवल्दार सुन्तली', 'किस्मत २' हुँदै 'मंगलम्' फिल्म उनले छविराज प्रोडक्शनको गरिन्, जसले बक्सअफिसमा राम्रै पैसा छापे । तर, उनलाई बाहिरी ब्यानर भने फलिफाप बन्न सकेको छैन् ।
 
छविराज ओझाबाहेक चिनेजानेका ठूला ब्यानरले  उनलाई अझै पत्याउन सकिरहेका छैनन् । शिल्पाले 'फागु', 'बृन्दावन', 'वीराङ्गना', 'हामी शरणार्थी' फिल्म गरिन्, जुन छविराजले निर्माण गरेका थिएनन् ।
 
यी कुनै पनि फिल्मले बक्सअफिसमा माखो मारेनन् । आखिर किन बाहिरी ब्यानरमा चल्न शिल्पालाई सकस भइरहेको छ ? कतै स्क्रिप्ट छनौटमा त चुकिरहेकी छैनन् उनी ? वा, पैसाका लागि जुनसुकै फिल्म गरिरहेकी छन् ? 
 
उनलाई बाहिरी ब्यानरका फिल्म छविराजको सिफारिसमा मिलिरहेको समेत सिनेवृतमा चर्चा छ । यसमा कति सत्यता छ ? त्यो त उनी नै जान्दछिन् । 
 
छविराज ओझाले निर्माण गर्ने फिल्मभन्दा बाहेक गिनेचुनेका ब्यानरले नपत्याउनु र बल्लतल्ल पाएका बाहिरी ब्यानरका फिल्मले सिन्को पनि नभाँच्नु आफैंमा रोचक छ ।
 
यसकारण पनि उनलाई अभिनेत्रीको रुपमा आफूलाई स्थापित गर्न अझै मुश्किल परिरहेको छ । 
Most Visited News (monthly)