Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कन्फर्म : ८ वर्षपछि पर्दामा रोमान्स गर्दै ऐश्वर्या र अभिषेक

फिल्मीखबर, काठमाण्डौ, 2018/08/01
मणिरत्नमको फिल्म 'रावण' पछि अभिनेत्री ऐश्वर्या राय र अभिनेता अभिषेक बच्चनले सँगै काम गरेका थिएनन् । अब ऐश र अभिषेक ८ वर्षपछि सिल्भर स्क्रिनमा एकसाथ देखिने कन्फर्म भएको छ । 
 
अनुराग कश्यपको फिल्म 'गुलाब-जामुन' को स्क्रिप्ट डेढ वर्ष अगाडि नै ऐश र जूनियर बच्चनलाई मन परेको थियो । त्यसबेला दुवैले यो फिल्म गर्न अस्वीकार गरेका थिए । 
 
 
हालैमा अभिषेक बच्चनले 'रावण' को सेटको एक पुरानो फोटो इन्स्टाग्राममा शेयर गर्दै फेरि दुवै एकसाथ देखिन लागेको कुराको पुष्टि गरेका छन् । ऐश्वर्याले हालैमा एक अन्तर्वार्तामा राम्रो स्क्रिप्ट नआएका कारण वर्षौदेखि फिल्ममा सँगै काम गर्न नसकेको बताएकी छन् । 
 
उनले भनिन्, 'केहि स्क्रिप्टहरु आएका थिए तर हामीलाई मन परेन । व्यक्तिगत रूपमा हामीलाई अलग-अलग कहानी मनपर्छ, यसकारण अलग-अलग फिल्म गरिरहेका छौं ।' 'गुलाब-जामुन' को कथा मन परेका कारण सँगै काम गर्न लागेको उनले बताइन् । 
 
यो फिल्ममा अनुराग निर्देशक नभएर निर्माताको रुपमा छन् । अभिषेक र ऐश्वर्या रायले अहिलेसम्म 'ढाई अक्षर प्रेम के', 'कुछ न कहो', 'धूम', 'उमराव जान', 'गुरु', 'सरकार राज' र 'रावण' मा एकसाथ काम गरेका थिए । 
Most Visited News (monthly)