Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सेन्सर फुकुवा भयो ‘झमक बहादुर’

फिल्मीखबर, काठमाण्डौ, 2018/07/31
अन्ततः यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘झमक बहादुर’ सेन्सर फुकुवा भएको छ । अपहरण र सुन तस्करीको कथा उठाएका कारण केन्द्रीय चलचित्र जाँच समितिले फिल्मको सेन्सर रोकेको थियो । 
 
कुनै पनि दृश्य नकाटिएपनि केहि ठाउँमा अपशब्द प्रयोग भएकाले सेन्सर बोर्डले 'म्यूट' गर्न निर्देशन दिएको छ । फिल्म सेन्सर पास भएसँगै प्रदर्शनका लागि बाटो खुलेको भन्दै निर्देशक भोमन कटुवाल र निर्माता मिन कुमार तामाङले खुसी व्यक्त गरे । 
 
 
अब १६ वर्ष उमेर मुनीकाले यो फिल्म हेर्न अभिभावक लिएर जानु पर्ने छ । पहिलो ट्रेलर इन्टरनेट रिलिज भएपछि यो फिल्म दक्षिण भारतीय फिल्म 'मुम्बई एक्सप्रेस' को फोटोकपी रहेको भन्दै चर्को आलोचना भइरहेको छ । 
 
अनुप विक्रम शाही, यादब देपकोटा (सरापे), राजु कमेडी, मिन कुमार तामाङ, कल्याण अधिकारी, सुजाता थापालगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा ओम सुनारको संगीत छ । 
 
राजु किरात राईको द्वन्द्व रहेको फिल्मलाई मिनकुमार तामाङले निर्माण गरेका हुन् । सह-निर्माता कोपिला कुमारी डल्लाकोटी रहेकी छन् । पवन गौतमले यो फिल्म खिचेका हुन् । 
Most Visited News (monthly)