Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

‘मेरी मामु’ ले थाइल्याण्ड घुमाउने

फिल्मीखबर, काठमाण्डौ, 2018/07/31
'प्रेमगीत' सिरिज निर्माण कम्पनी आसुसेन फिल्मसले आफनो चौँथो फिल्म 'मेरी मामु' को प्रचारलाई आक्रामक बनाउने क्रममा 'आफ्नो मामुसँग थाइल्याण्ड टुर जाऔँ' शिर्षकमा एउटा प्रतियोगिता अगाडि सारेको छ ।  
 
आफ्नो आमासँग थाइल्याण्डसम्मको यात्रामा विभिन्न किसिमको अनुभव संगाल्नसँँगै सामिप्यता बढाउन प्रतियोगितामा भाग लिन निर्माण टिमले आग्रह गरेको छ । 'मेरी मामु' निर्माण कम्पनीका अनुसार, प्रतियोगीतामा भाग लिनका लागि तोकिएको फर्म्याटमा आफ्नो आमाको बारेमा लेख्नुपर्नेछ । 
 
 
निर्माता सन्तोष सेनले सो फर्म अनुसार प्रतियोगीहरुले आफ्नो आमाको बारेमा मनछुने बाक्यांश लेख्नु पर्ने बताए । सहभागीहरुले फर्ममा उल्लेख गरे अनुसार आ-आफ्नो जानकारी सहित २५० शब्दमा नबढाई बाक्यांश लेखेर स्कुलमा राखिएको संकलन बक्स अथवा सिधै आसुसेन फिल्मसलाई पठाउनुपर्नेछ ।
 
प्रतियोगीतामा सहभागी मध्येबाट उत्कृृृष्ट ५ जनाको नाम फिल्मका मुख्य कलाकार आयुब सेनले मिडियो, 'मेरी मामु' र आशुसेन फिल्मसको फेसबुक पेजबाट घोषणा गर्नेछन् । प्रतियोगितामा कक्षा १ देखि १० कक्षासम्मका विधार्थीहरुले मात्र सहभागी हुन पाउनेछन् । 
 
बाल मनोविज्ञानमा आधारित फिल्म 'मेरी मामु' ले आमा र छोरा बीचको दुरी र सामिप्यताको गहिराई बोल्छ । काठमाण्डौंदेखि देवघाटसम्मको टुरमा आमा-छोराको सामिप्य र उत्तरचढावलाई यस फिल्ममा प्रस्तुत गरिएको छ । 
 
यम थापा निर्देशित यो फिल्ममा ६ वर्षे आयुबसँगै कुसुम गुरुङ, शारुक ताम्राकार, अश्लेषा ठकुरीलगायतका कलाकाहरुको अभिनय छ । भाद्र १५ गतेलाई फिल्मकोे प्रदर्शन मिति घोेषणा गरिएको छ । 
Most Visited News (monthly)