Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.00/5.00)
Text size:-
+
-

सेन्सरले रोक्यो अनुपको ‘झमक बहादुर’

फिल्मीखबर, काठमाण्डौ, 2018/07/31
साउन १८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘झमक बहादुर’ लाई सेन्सर बोर्डले रोकेको छ । अपहरण र सुन तस्करीको कथा उठान गरिएको हुँदा फिल्मलाई सेन्सर बोर्डले रोक लगाएको खबर प्राप्त छ । 
 
दक्षिण भारतीय फिल्म 'मुम्बई एक्सप्रेस' को फोटोकपी रहेको भन्दै चर्को आलोचना भइरहेको यस फिल्मको गीत र ट्रेलर सार्वजनिक भइसकेका छन् । रिलिजको संघारमा फिल्मलाई सेन्सर बोर्डले रोकेसँगै निर्माण टिम ठूलो तनाबमा देखिएको छ । 
 
निर्देशक भोमन कटुवालले ‘झमक बहादुर’ नितान्त नेपाली परिवेश सुहाउँदो फिल्म रहेको बताए । उनले भने, 'फिल्ममा आपत्तिजनक तथा समाजमा नकारात्मक सन्देश दिने कुनै पनि सिन छैन । सेन्सर बोर्डले रोक लगाउनुको खास कारण केहि छैन ।' 
 
 
गलत काम गर्ने जो कोही कानुनी सजाएको भागेदार हुनुपर्ने कुरालाई फिल्ममा व्यांग्यात्मक रुपमा प्रस्तुत गरिएको निर्देशक कटुवालले बताए । निर्माता मिन कुमार तामाङले फिल्मलाई सेन्सर बोर्डले रोक्नुको कुनै औचित्य नभएको बताउँछन् । 
 
फिल्मलाई सेन्सर बोर्डले रोकेसँगै प्रदर्शन अन्यौलमा परेको छ । अनुप विक्रम शाही, यादब देपकोटा (सरापे), राजु कमेडी, मिन कुमार तामाङ, कल्याण अधिकारी, सुजाता थापालगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा ओम सुनारको संगीत छ । 
 
राजु किरात राईको द्वन्द्व रहेको फिल्मलाई मिनकुमार तामाङले निर्माण गरेका हुन् । सह-निर्माता कोपिला कुमारी डल्लाकोटी रहेकी छन् । पवन गौतमले यो फिल्म खिचेका हुन् । 
Most Visited News (monthly)