Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘भारत’ मा सलमानको रोमान्स कैटरीनासँग पक्का

एजेन्सी, मुम्बई, 2018/07/31
बलिउड अभिनेत्री प्रियंका चोपडाले अचानक फिल्म ‘भारत’ छाडेपछि नयाँ लिड हिरोइनको खोजी तिव्र गतिमा भएको थियो । कयौं बलिउड अभिनेत्रीको नाम समेत चर्चामा रहेको थियो । अन्ततः सलमान खानको फेभरेट कैटरीना कैफले प्रियंको ठाउँ लिएकी छन् । 
 
यसको जानकारी स्वयं फिल्मका निर्देशक अली अब्बास जफरले दिएका छन् । मुम्बई मिररसँग कुराकानी गर्दै निर्देशकले कैटरीनाको नाममा लालमोहर लगाए । 'टाइगर जिन्दा हे' पछि ‘भारत’ मा सलमान-कैटरीना एकसाथ देखिन लागेका हुन् । अभिनेता सलमानले पनि सामाजिक सञ्जालमार्फत् कैटरीनालाई फिल्ममा स्वागत गरेका छन् । 
 
 
मुम्बई मिररसँग कुराकानी गर्दै निर्देशक अली अब्बास जफरले भने, 'म सलमान खान र कटरीनासँग फेरि काम गर्नका लागि एकदम एक्साइटेड छु । पछिल्लो फिल्ममा पनि हामीलाई साथमा काम गर्न निकै रमाइलो भएको थियो ।  यो प्रोजेक्टका लागि कैटरीनालाई छोटो समयमा सेलेक्ट गरिएको हो ।' 
 
फिल्म ‘भारत’ बाट सलमान-प्रियंका करीब १ दशकपछि पर्दामा देखिँदै थिए । तर, विदेशी ब्वाईफ्रेण्ड निकसँग विवाह गर्ने तयारीमा रहेका कारण प्रियंकाले फिल्म छाडेको चर्चा छ । उनले यो प्रोजेक्ट छाडेको जानकारी अली अब्बास जफरले ट्वीट गरेर दिएका थिए । 
 
अली अब्बास जफर र सलमान खान पहिला देखि नै साथी हुन् र, यी दुईले यसअघि दुई फिल्ममा काम गरिसकेका छन् । वर्ष २०१६ मा आएको फिल्म 'सुल्तान' र वर्ष २०१७ मा आएको फिल्म 'टाइगर जिन्दा हे' मा सलमान र जफरले सँगै निर्देशक-एक्टरको रुपमा काम गरेका थिए । 
 
यसको अलावा पछिल्लो फिल्म 'टाइगर जिन्दा हे' मा कटरीना कैफ पनि फिल्मको हिस्सा रहेकी थिइन् । अब यी तीन एकपटक फेरि धमाका मच्चाउन र बक्सअफिसमा 'धूम-धमाका' गर्न आउँदो ईदमा आउँदैछन् । रिपोर्ट्सका अनुसार, यो फिल्म २०१९ को ईदमा रिलिज हुनेछ ।  
Most Visited News (monthly)