Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘धडक’ ले कमायो १० दिनमा ६३ करोड

एजेन्सी, मुम्बई, 2018/07/30
बक्सअफिस विक डेजमा एभरेज कलेक्सन गरेको फिल्म ‘धडक’ ले विकेन्डमा दमदार कलेक्सन गरेको छ । जाह्नवी कपूर र ईशान खट्टरको यो फिल्मले प्रदर्शनको मात्र १० दिनमा ६३ करोडको कलेक्सन गरेको छ ।  
 
 
‘धडक’ लाई दर्शकले रुचाएका छन् भने, क्र‍िटिक्सले पनि राम्रो प्रतिक्रिया दिएका छन् । हलिउड सपुरस्टार टम क्रूजको फिल्म 'मिशन इम्पोसिबल फल आउट' रिलिजको बाबजुद पनि ‘धडक’ कमाईको मामलामा कमजोर देखिएको छैन । 
 
फिल्म ट्रेड एनालिस्ट तरण आदर्शले यस फिल्मको कलेक्सन रिपोर्ट सार्वजनिक गरेका छन् । फिल्मको कमाई ७० करोडको नजिक छ । दोस्रो हप्ताको शुक्रवार २.६१ करोड, शनिवार ४.०२ करोड र आइतवार ५.२० करोडको कमाई गर्दै भारतीय बजारबाट अहिलेसम्म फिल्मले कूल ६३.३९ करोड कलेक्सन गर्न सफल भएको छ । 
 
तरण आदर्शले यस फिल्मलाई बक्सअफिस 'हिट' बताएका छन् । कमाईको यो आँकडा अहिलेसम्म कनै पनि न्यूकमर एक्टरको फिल्मले हासिल गर्न सकेको थिएन । शशांक खेतान यस फिल्मका निर्देशक हुन् । 
Most Visited News (monthly)